जनस्वास्थ्य सरोकार, चितवन स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले नागरिकलाई प्रत्यक्ष सेवा दिने अस्पतालजस्तो संस्थामा राजनीति नगर्न आग्रह गरेका छन्।
आइतबार भरतपुर अस्पतालको निरीक्षण गर्दै उनले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर काम गर्न अस्पताल प्रशासन र चिकित्सकहरूलाई सुझाव दिएका हुन्। ‘अस्पताल विकास समितिमा राजनीति हुने कुराले जनता सेवाबाट प्रभावित भएको सुन्ने गरेको छु’, उनले भने, ‘म त्यो रोक्ने प्रयत्न गर्नेछु।’
अस्पतालको स्तरवृद्धि र साधन स्रोतको व्यवस्थापन प्राथामिकताका आधारमा हुने भन्दै उनले गरीब बिरामीले सेवा र औषधि नपाउने समस्या समाधानमा आफ्नो मुख्य दायित्व रहेको मन्त्री ढकालले बताए।
सरकार र विदेशी निकायले स्वास्थ्य क्षेत्रमा गरेको लगानी प्रशासनिक खर्चमा बढी हुने गरेको बताउँदै मन्त्री ढकालले यसलाई कटौती गर्ने तयारीमा रहेको जानकारी दिए। ‘स्वास्थ्य क्षेत्रमा गरिएको लगानी प्रशासनिक खर्च र सेमिनारका लागि विदेश जाने गरेको पाइयो’, उनले भने, ‘यो बेथिति रोक्नेछु।’
भरतपुर अस्पतालले आफ्नो जमिन अरुलाई बाँडिसकेको भन्दै उनले सम्पत्ति भएर सुकुमवासीजस्तो भएको टिप्पणी गरे। मन्त्री ढकालले अस्पतालले स्वामित्वसमेत दिएको जग्गा फर्काउन कठिन हुने भएकाले भोगचलनका लागि दिइएको जग्गाको विषयमा अध्ययन गरी फिर्ता लिने प्रक्रिया अघि बढाउने बताए।
यस क्रममा प्रदेशसभा सदस्य विजय सुवेदी, भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा. श्रीराम तिवारी, भरतपुर अस्पतालका पूर्वमेडिकल सुपरिटेण्डेण्ट प्रा.डा. कृष्ण पौडेल, डा. भोजराज अधिकारीलगायतले अस्पतालका समस्याका बारेमा मन्त्री ढकाललाई जानकारी गराएका थिए। रासस
प्रकाशित मिति: आइतबार, मंसिर १५, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सकमाथि आक्रमणपछि नारायणी अस्पतालका पाँच जना स्वास्थ्यकर्मी निलम्बनमा
आइतबार, साउन १०, २०८३
एक वर्षमा ८९३ जनामा स्क्रब टाइफस
शुक्रबार, साउन ८, २०८३
आईभीएफ सेवा व्यवस्थित बनाउन कार्यविधि र छुट्टै ऐनको तयारी
शुक्रबार, साउन ८, २०८३
वीर अस्पतालमा ११ जना गुनासो सुन्ने अधिकारी
शुक्रबार, साउन ८, २०८३ट्रेन्डिङ

