जनस्वास्थ्य सरोकार, काठमाडौँ । ३७ वर्ष अघि अमेरिकाका चिकित्सकहरुले नयाँ घातक रोग वर्णन गर्न नयाँ शब्द ल्याए । त्यो शब्द ‘एड्स’ थियो । एड्स अर्थात अक्वायर्ड इम्यूनो डिफिसिएन्सी सिन्ड्रोम । यसको लगत्तै उनीहरुले मृत्युको कारण एचआइभी भाइरस रहेको पत्ता लगाए । त्यसयता सात करोड ५० लाख मानिस यस भाइरसबाट संक्रमित भएका छन् । त्यसमध्ये करिब तिन करोड २० लाख मानिसको मृत्यु भइसकेको छ ।
पछिल्लो अवस्था कस्तो छ ?
सन् २०१८ मा विश्वभर झण्डै ४ करोड मानिसहरु एचआइभीएड्सबाट ग्रसित थिए । तर २५ वर्षको तुलनामा एड्सिका कारण हुने मृत्युदर घट्दै गएको छ । सन् २००४ मा सबैभन्दा उच्च विन्दुमा पुगेको मृत्युदर हाल ५५ प्रतिशतले घटेको छ । हालसम्म एचआइभीको कुनै खोप छैन । तर उपचारमा भने उल्लेख्य सुधार भएको छ । औषधी पाइने हुँदा ग्रसितहरु सामान्य मानिसहरु जस्तै जीवनयापन गर्न सक्छन् । आफ्नो अवस्थाबारे थाहा भएका ७८ प्रतिशतको औषधिमा पहँच छ । तर राष्ट्रसँघको अनुमान छ कि एचआइभी भएका मध्य करिब २० प्रतिशतलाई औषधिबारे थाहा छैन । अधिकांश एचआइभी संक्रमित गरिब राष्ट्रमा बस्ने हुँदा खास चुनौत भनेको उनीहरुलाई आवश्यक परिक्षण र उपचार उपलब्ध गराउनु हो ।
प्रकाशित मिति: सोमबार, मंसिर १६, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
६
