जनस्वास्थ्य सरोकार, काठमाडौँ । मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचारत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘डिस्चार्ज’ गर्ने तयारी भएको छ। बुधबार साँझ वा बिहीबार बिहानसम्ममा डिस्चार्ज गर्ने तयारी भएको प्रधानमन्त्री ओलीकी निजी चिकित्सक डा. दिव्यासिंह शाहले जानकारी दिइन्। बालुवाटारस्थित निवासमै आराम गर्ने इच्छा राखेपछि प्रधानमन्त्रीलाई डिस्चार्ज गर्न लागिएको हो । स्वास्थ्यमा सुधार हुँदै गइरहेको र खाना राम्रोसँग खान थालेकाले चिकित्सकहरू उनलाई डिस्चार्ज गर्दा फरक नपर्ने निष्कर्षमा पुगेका हुन्। डिस्चार्ज भए पनि प्रधानमन्त्री ओली चिकित्सकको निरन्तर निगरानीमा रहनेछन्। चिकित्सकहरूका अनुसार बालुवाटारमा उनले कम्तीमा एकसाता आराम गर्नुपर्नेछ। अघिल्लो साता मंगलबार सेन्टरमा प्रधानमन्त्री ओलीको एपेन्डिसाइटिसको शलयक्रिया गरिएको थियो। प्रधानमन्त्री मिर्गौलारोगीसमेत हुन्।अस्पताल बसाइको ९ दिनमा दुईपटक डाइलासिससमेत गरिएको थियो।
प्रकाशित मिति: बुधबार, मंसिर १८, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सकमाथि आक्रमणपछि नारायणी अस्पतालका पाँच जना स्वास्थ्यकर्मी निलम्बनमा
आइतबार, साउन १०, २०८३
एक वर्षमा ८९३ जनामा स्क्रब टाइफस
शुक्रबार, साउन ८, २०८३
आईभीएफ सेवा व्यवस्थित बनाउन कार्यविधि र छुट्टै ऐनको तयारी
शुक्रबार, साउन ८, २०८३
वीर अस्पतालमा ११ जना गुनासो सुन्ने अधिकारी
शुक्रबार, साउन ८, २०८३ट्रेन्डिङ

