जनस्वास्थ्य सरोकार, काठमाडौँ । एमबीबीएस पहिलो वर्षको प्रश्नपत्र आउट भएको छ । बिहीबार गण्डकी मेडिकल कलेजबाट प्रश्नपत्र आउट भएको हो । बिहिबारबाटै सुरु भएको एमबीबीएस परीक्षामा पहिलो दिन नै विद्यार्थीले प्रश्नपत्र लिक गरेका छन् । बिहान १० बजेबाट परीक्षा संचालन भएको थियो । परीक्षा संचालन भएको केही मिनेटमा नै प्रश्नपत्र बाहिरिएको थियो । गण्डकी मेडिकल कलेजका विद्यार्थीहरुले परिक्षामा सहभागी हुने बताएका थिए । तर, गण्डकी मेडिकल कलेजको परीक्षा हलमा अज्ञात समूहभित्र छिरेर केही प्रश्नपत्र च्याते र केही खोसेर लगेको सूचना आफूहरुले पाएको आइओएमका परीक्षा शाखा प्रमुख राजु बुढाथोकीले बताए । गण्डकीबाहेक चार मेडिकल कलेजमा अध्ययनरत विद्यार्थीले एमबीबीएस पहिलो वर्षको परीक्षा बहिस्कार गर्ने निर्णय यस अघिनै गरेका थिए ।
थ
प्रकाशित मिति: बिहीबार, मंसिर १९, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
६
