जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपाल मेडिकल काउन्सिलको चिकित्सक नाम दर्ता (लाइसेन्स) परीक्षामा ४५ प्रतिशत चिकित्सक उत्तीर्ण भएका छन् ।परीक्षामा एमबीबीएस तर्फ १ हजार २३७ जना र बीडीएस तर्फ ३९९ जना गरी कुल १ हजार ६३६ जना सहभागी भएका थिए । काउन्सिलका परीक्षा संयोजक एवं प्रवक्ता प्रा.डा. ढुंण्डी पौडेलको भनाइ अनुसार एमबीबीएस तर्फ ४९ प्रतिशत र बीडीएस तर्फ ४२ प्रतिशत उत्तीर्ण भएका छन् । परीक्षामा ९ जना अनुपस्थित भएको प्रा. डा. पौडेलले जानकारी दिए । गत साउनको परीक्षामा भने एमबीबीएस तर्फ ७८ प्रतिशत र बीडीएस तर्फ ३९ प्रतिशत उत्तीर्ण भएका थिए । यसपटक अघिल्लो परीक्षाको तुलनामा एमबीबीएसमा झण्डै २९ प्रतिशत कम उत्तीर्ण भएका छन् । तर वीडीएसमा भने ३ प्रतिशत सुधार देखिएको छ ।
प्रकाशित मिति: आइतबार, मंसिर २२, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
६
