जनस्वास्थ्य सरोकार, काठमाडौँ । हिमोफिलिया सोसाइटी नेपालमा नवीन चन्द्र ढुङ्गेलको अध्यक्षतामा नयाँ केन्द्रिय कार्यसमिति गठन भएको छ । मंसिर २१ गते राजधानीमा सम्पन्न २७ औँ वार्षिक साधारण सभा एवं १४ औँ महाधिवेसनले नवीन चन्द्र ढुङ्गेलको अध्यक्षतामा कार्यसमिति गठन गरेको हो । वरिष्ठ उपाध्यक्षमा बरुण खकुरेल, उपाध्यक्षमा मुकुन्द मणी घिमिरे, महासचिवमा दिपक न्यौपाने, ( कोषाध्यक्षमा उमेश किशोर महतो र सचिवमा जगत लाल राजबाहक मनोनित भएका छन् ।यसैगरी सदस्यहरुमा रामकृष्ण बोगटी, भरत खड्का, राम बहादुर श्रेष्ठ, बाबुकाजी श्रेष्ठ, रामचन्द्र खाती (रिब्सन), निरा कुमारी पान्डे, उमेश थापा दर्लामी, भिनुदेवी र तुल बहादुर सुनार निर्वाचित भएका छन् । समितिको कार्यकाल ३ वर्षको रहने व्यवस्था छ ।
महाधिवेसन उत्घाटन समारोहमा बोल्दै संघिय सांसद सदस्य घनश्याम खतिवडाले हिमोफिलियाका बिरामीहरुका लागि राज्यले औषधि खरिद गरेर उनीहरुको जीवन रक्षा गर्नु पर्ने बताए । उनले यस विषयलाई सांसद सम्म पुर्याउने प्रतिबद्धता समेत ब्यक्त गरे ।
वीर अस्पतालका निर्देशक डा.केदार सेन्चुरीले वीर अस्पतालले हिमोफिलियाका बिरामीहरुलाई अस्पतालले उपचारमा छुटको ब्यवस्था गरेको बताए । डा. सेन्चुरीले भने –‘हिमोफिलिया केयर सेन्टरलाई वीर अस्पतालको मातहतमा ल्याइसकिएको छ ।’ ‘आगामी दिनमा छिट्टै हेमाटोलोजी वार्ड अन्तर्गत राखी उपचार ब्यवस्थापन एवं कर्मचारी ब्यवस्थापन गर्ने छौँ ।’ उनले भने ।
राष्ट्रिय अपाङ्ग महासंघका उपाध्यक्ष रमा ढकालले अपाङता ऐन २०७४ मा अपाङता भएका ब्यक्तिहरुका लागि आवश्यक पर्ने औषधि नेपाल सरकारले निःशुल्क रूपमा उपलब्ध गराउनु पर्नेछ भनि ऐन मा उल्लेख भैसकेको हुँदा छिट्टै कार्यन्वयनमा राज्यले जोड दिनुपर्ने बताइन् ।
प्रकाशित मिति: सोमबार, मंसिर २३, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सकमाथि आक्रमणपछि नारायणी अस्पतालका पाँच जना स्वास्थ्यकर्मी निलम्बनमा
आइतबार, साउन १०, २०८३
एक वर्षमा ८९३ जनामा स्क्रब टाइफस
शुक्रबार, साउन ८, २०८३
आईभीएफ सेवा व्यवस्थित बनाउन कार्यविधि र छुट्टै ऐनको तयारी
शुक्रबार, साउन ८, २०८३
वीर अस्पतालमा ११ जना गुनासो सुन्ने अधिकारी
शुक्रबार, साउन ८, २०८३ट्रेन्डिङ

