जनस्वास्थ्य सरोकार, काठमाडौँ । विश्वव्यापी आँखा स्वास्थ्य प्रदान गर्न नेपालमा दक्षिण पूर्वी एसियाली क्षेत्रका आँखा विशेषज्ञहरुको बैठक काठमाडौँमा सुरु भएको छ । विश्व स्वास्थ्य संगठन र अन्धोपन निवारणका लागि अन्तर्राष्ट्रिय एजेन्सीको वित्तीय र प्राविधिक सहयोगमा नेपाल आँखा कार्यक्रम, तिलगंगा आँखा प्रतिष्ठान (विश्व स्वास्थ्य संगठनको समन्वय केन्द्र) को आयोजनामा बैठक डिसेम्बर ९ देखि १२ तारिखसम्म चल्ने आयोजकले जानकारी दिएको छ ।
बैठकमा दक्षिण पूर्वी एसियाका ४० आँखा विशेषज्ञहरु सहभागिता रहनेछ । यस बैठकले मोतिविन्दु, दृष्टिदोष, डाइबेटिक रेटिनोपेथी, जलविन्दु, न्यून दृष्टि र सहयोगी सेवाहरुको रुपमा विभिन्न क्षेत्रमा उपलब्ध आँखा स्वास्थ्य सेवा वितरण प्रणालीलाई अझ प्रभावकारी बनाउन मद्दत पुग्ने अपेक्षा गरिएको छ । ।
यस बैठकमा विश्वव्यापी आँखा स्वास्थ्य सेवाको पहुँच सबै जनता समक्ष पुर्याउने लक्ष्य प्राप्त गर्न कार्यतालिका तयार गरी महत्वपूर्ण सुझावहरु पेश गरिनेछ । यसका अलावा डाइवेटिक रेटिनोपेथी सेवाको मापदण्ड तयार गर्नका साथै यस क्षेत्रमा राष्ट्रिय दृष्टि २०२० को रिपोर्ट टुंगों लगाउने तालिका निर्धारण गरिनेछ ।
अक्टोबर २०१९ मा वल्र्ड भिजन रिपोर्टको विश्वव्यापी शुरुवातपछि आइएपीबी दक्षिण–पूर्वी एशियाली क्षेत्रले विश्व स्वास्थ्य संगठनसँग क्षेत्रीय तहमा नजिकबाट काम गरिरहेको छ ।
विश्वव्यापी स्वास्थ्य पहुँच र दिगो विकास लक्ष्यको लक्ष्यहरु प्राप्त गर्न चाँडै क्षेत्रीय र राष्ट्रिय स्तरको बैठकको कार्यतालिका बनाएर बैठकको प्रतिवेदन पेश गर्नुपर्नेछ ।
प्रकाशित मिति: सोमबार, मंसिर २३, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
६
