काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीलाई मनमोहन कार्डियोथारासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा मंगलबार राति हेमो डायलसिस गराइएको छ । उनको दसौं पटक डायलसिस गरिएको हो । डायलसिस सकिएपछि उनी राति नै प्रधानमन्त्री निवास फर्कने जानकारी अस्पताल स्रोतले दिएको छ । प्रधानमन्त्री गत बिहीबार मात्र १० दिनको अस्पताल बसाइपछि सेन्टरबाट डिस्चार्ज भएका थिए । डिस्चार्ज गर्नुअघि उनको नवौं पटक डायलसिस गरिएको थियो । ‘प्रधानमन्त्रीको अरू स्वास्थ्य स्थिति ठिकै छ, उहाँलाई ल्याएर डायलसिस गराइएको हो,’ उपचारमा संलग्न एक चिकित्सकले भने ।प्रधानमन्त्रीको एपेन्डिसाइटिसको शल्यक्रियापछिको अस्पताल बसाइमा पाँच पटक डायलसिस गरिएको थियो । यसअघि समेत प्रधानमन्त्रीको ग्रान्डी इन्टरनेसनल हस्पिटलमा २६ दिनमा चार पटक डायलसिस गरिएको थियो । ६७ वर्षीय प्रधानमन्त्री ओलीको सन् २००७ मा मिर्गौला प्रत्यारोपण भएको थियो । उनको दोस्रो पटक मिर्गौला प्रत्यारोपणका लागि तयारी गरिँदै छ
।
प्रकाशित मिति: बुधबार, मंसिर २५, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
६

