जनस्वास्थ्य सरोकार, काठमाडौं । काठमाडौंको चाबहिल स्थित ॐ हस्पिटल एण्ड रिसर्च सेन्टरमा मनोरोगको आकस्मिक अवस्था बारे बिशेष कार्यशाला सम्पन्न भएको छ ।
काठमाडौं उपत्यकाका बिभिन्न अस्पतालमा कार्यरत जनरल प्राक्टिसनरहरुलाई लक्षित गरि संचालन गरिएको सो कार्यशालामा ॐ अस्पतालका सिनियर कन्सल्ट्यान्ट साइकाइट्रिस प्रा.डा. पुष्प प्रसाद शर्माले संचालन गर्नु भएको थियो भने उहाँलाई मोडरेटरको रुपमा कन्सल्ट्यान्ट साइकाइट्रिस डा. रमन कोइरालाले सघाउनु भएको थियो ।
कार्यशालाको मूल उद्देश्य बिभिन्न अस्पतालको आकस्मिक बिभागमा कार्यरत चिकित्सकहरुले मनोरोगको आकस्मिक अवस्थामा दिनुपर्ने उपचारका बिधिहरुको बारेमा बिस्तृत रुपमा छलफल गरिएको थियो ।
मनोरोगको आकस्मिक अवस्थाबारे यस किसिमको कार्यशालामा पहिलो पटक सहभागि हुँनपाँउदा आफूहरुलाई खुशी लागेको सहभागिहरुले बताएका छन् ।
साथै यस कार्रयशालाले आपूहरुलाई बिभिन्न किसिमका सन्देश प्राप्त भएको र सो सन्देशहरुलाई आजैका दिन देखी कार्यान्वयनमा ल्याउने समेत बताएका छन् ।
प्रा. डा. शर्माका अनुसार कार्यशाला आफुले आयोजना गर्नुको उद्देश्य लामो समय बिभिन्न अस्पताल तथा स्वास्थ्य संस्थाहरुमा कार्यरत रहँदा त्याहाँ कार्यरत इमर्जेन्सिका चिकित्सक साथिहरु अन्य किसिमका बिरामीहरुमा भन्दा मानसिक स्वास्थ्य सम्वन्धि रोगको उपचार गर्दा उहाँहरुले कठिनाई महशुष गरेको पाएपछि आफूले उहाँहरुकालागि यस बिषयमा दक्षता अभिबृद्धि जरुरी रहेको हुनाले कार्यशाला आयोजना गरिएको बताउनुभयो ।
कार्यशललामा काठमाडौं उपत्यकाका बिभिन्न अस्पतालमा कार्यरत दुइदर्जन भन्दा बढी जनरल प्राक्टिसनरहरु सहभागि भएका थिए ।
भारतका १६ राज्यमा फेरि कोरोना फैलिन थाल्यो, सक्रिय संक्रमित हजार नाघे
सोमबार, जेठ १२, २०८२
संघीय अस्पतालहरूको सेवा र शुल्कमा समानता ल्याउन स्वास्थ्य मन्त्रालयको नयाँ विधेयक तयारी
आइतबार, वैशाख २१, २०८२
गर्मी मौसममा खाना तताउँदा लापरवाही नगर्न विज्ञहरूको चेतावनी
बिहीबार, वैशाख १८, २०८२
भेरी अस्पतालमा मिर्गौला प्रत्यारोपण सेवा शुरू, दुई बिरामीको सफल प्रत्यारोपण
मंगलबार, वैशाख ९, २०८२
