जनस्वास्थ्य सरोकार, पाल्पा । पाल्पाको रामपुर नगरपालिकाद्वारा आयोजित दुई दिने निःशुल्क स्वास्थ्य शिविरमा मुख, टाउको तथा घाँटीको क्यान्सर र महिलाको पाठघेरको मुख तथा स्तनमा हुन सक्ने क्यान्सर रोगसम्बन्धी सेवा प्रदान गरिएको छ । नगर स्वास्थ्य संयोजक तीर्थप्रसाद ढुङ्गानाका अनुसार बुधबार सम्पन्न सो शिविरमा ५०७ ले सेवा लिएका छन् । शिविरमा पाठेघरको मुखको क्यान्सरको जाँच गराएका ३४८ मध्ये १३१ मा पाठेघरसम्बन्धी सङ्क्रमण देखिएका छन् । उनीहरुलाई औषधि वितरण गरिएको छ । त्यस्तै पाठेघर खस्ने समस्या देखिएका ३१ मध्ये पाँचको शल्यक्रिया गर्नुपर्ने र २६ जनामा रिङ राख्नुपर्ने देखिएका छन् । क्यान्सरको जोखिममा रहेका एक जनालाई आवश्यक उपचारका लागि भरतपुर क्यान्सर अस्पतालमा पठाइएको छ । यसैगरी स्तन परीक्षण गरिएको दुई सयमध्ये नौ जनामा असामान्य अवस्था देखिएपछि थप उपचारका लागि सल्लाह दिइएको छ । मुखको जाँच गरिएको एक सय ७८ मध्ये आठको अवस्था उच्च जोखिममा रहेको र त्यसमध्ये दुई जनामा क्यान्सर हुन सक्ने सम्भावना देखिएका हुँदा दुबै जनालाई थप उपचारका लागि भरतपुर क्यान्सर अस्पतालमा उपचार गराउन सल्लाह दिएको संयोजक ढुङ्गानाले जानकारी दिए । बिपि कोइराला मेमोरियल क्यान्सर अस्पतालका क्यान्सर रोग रोकथाम, नियन्त्रण तथा अनुसन्धान विभागका प्रमुख भोला शिवाकोटीसहितको टोलीले सेवा दिएको थियो । रासस
प्रकाशित मिति: बिहीबार, मंसिर २६, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
६

