एक बेलायती महिलाको मुटुको चाल रोकिएको ६ घण्टापछि बाँच्न सफल भएकी छन्। उनी अहिले सकुशल छिन् । उनलाई कडा खालको हाइपोथर्मिया भएको थियो । एकदमै चिसोमा मानिसलाई हाइपोथर्मिया हुन पुग्दछ। मानिसको तापक्रम घटेर ९५ फरेन्हाइटमा झरेपछि यो अवस्था हुन पुग्छ। शरीरको तापक्रम घटेपछि मुटु, नसा प्रणाली तथा अरु अंग पनि राम्ररी काम गर्न छोड्छ ।३४ वर्षीया ओडे सोयमेन गत नोभेमबर ३ मा आफ्नो श्रीमान् रोहनसँग स्पेनस्थित पेरेसिन हिमालमा हाइकिङका लागि गएकी थिइन्। हाइकिङमा जाँदा उनीहरु भारी हिमपातको शिकार भए । रोहनले तुरुन्त इमेरजेन्सी सेवालाई गुहारे । त्यसपछि उनलाई बार्सिलोनाको भल डी हेब्रोन अस्पतालमा लगियो । स्थानीय मिडियासँग कुराकानीमा रोहन भन्छन्, ‘मलाई त एक पल लागेको थियो उनी मरिसकिन्। मैले उनको नसा चेक गरेँ चालचुल केही थिएन । न मुटुको धड्कन थाहा पाउन सकेँ। ' सोयमेनको उपचारमा खटिएकी सो अस्पतालका चिकित्सक मध्येका एक डारेराले भने,‘मानिसको मुटु पाँच मिनेटको लागि पनि चल्न छोड्यो भने मस्तिष्कमा धेरै क्षति पुगिसकेको हुन्छ तर सोयमेनको घटना एकदमै दुर्लभ हो । उनलाई शरीरको तापक्रम खस्किँदै गएपछि त्यसो भएको हो।’सोयमेनको शरीरको तापक्रम घटेर १८ डिग्री सेल्सियस सम्म पुगेको थियो जुन सामान्य तापक्रम भन्दा धेरे घटी हो । सामान्य तापक्रम ३६.५/३७.५ डिग्री हुन्छ । उनलाई चिकित्सकहरुले ज्यान बचाउन एक्सट्रा कोर्पोरल मेम्बेरन अक्सिजिनेसन मेसिन(ईसीएमओ) लगाएका थिए । ईसीएमओले शरीरमा रगत पम्प गर्न सहयोग गर्छ। रेरा अस्पतालमा ईसीएमओको प्रमुख छन् ।सोयमेनले होसमा आएपछि आफू यहाँ के गर्दैछु भन्ने प्रश्न गरेको सम्झिँदै भन्छन् उनी छिट्टै पूर्ण रुपमा ठिक हुनेछिन् । घटनाको एक महिना पश्चात उनी अब छिट्टै नै अफिस जाने भएकी छन् । रेरा भने वैज्ञानिकको हिसाबले आफूलाई यो शब्द मन नपरेपनि चमत्कारै भएकै हो । सोयमेनले आफ्नो मेडिकल टिमलाई धन्यवाद दिएकी छन् र छिट्टै नै सामान्य जीवनमा फर्किन आतुर रहेकी छन् । यो चमत्कार सबै चिकित्सकहरुले गर्दा भएको हो, सोयमेन भन्छिन् । ‘सम्भवत अब जाडोमा म हिमालतिर जाने छैन तर वसन्त ऋतुमा हामी फेरि हाइकिङ अनि टे«किङ जान सक्छौँ होला। आफ्नो इच्छालाई म मार्न सक्दिन।’
प्रकाशित मिति: शुक्रबार, मंसिर २७, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सकमाथि आक्रमणपछि नारायणी अस्पतालका पाँच जना स्वास्थ्यकर्मी निलम्बनमा
आइतबार, साउन १०, २०८३
एक वर्षमा ८९३ जनामा स्क्रब टाइफस
शुक्रबार, साउन ८, २०८३
आईभीएफ सेवा व्यवस्थित बनाउन कार्यविधि र छुट्टै ऐनको तयारी
शुक्रबार, साउन ८, २०८३
वीर अस्पतालमा ११ जना गुनासो सुन्ने अधिकारी
शुक्रबार, साउन ८, २०८३ट्रेन्डिङ


