काठमाडौं : नेपाल चिकित्सक संघको आगामी चुनावका लागि ३१ जनाले उम्मेदवारी दिएकोमा एक जना सदस्यले भने आफनो नाम फिर्ता लिएका छन्। आगामी माघ महिनामा हुन लागेको संघको केन्द्रीय कार्यकारिणी समिति निर्वाचनका लागि सदस्य पदका लागि उम्मेदवारी दिएका डा मनोहरदिन सैयदले उम्मेदवारी फिर्ता लिएका हुन् । उनको यो उम्मेदवारी फिर्तासँगै उम्मेदवारहरुको अन्तिम संख्या ३० भएको छ । संघले आगामी निर्वाचनका लागि गत २८ गते सम्म उम्मेदवारी दर्ता गराउन समय सिमा तय गरेको थियो। सोही अनुरुप ३१ जनाले नाम दर्ता गराएका थिए । यसैगरी उम्मेदवारी दिएका उम्मेदवारको सम्बन्धमा दावी विरोध गर्ने र उम्मेदवारी फिर्ता गर्न सक्ने भन्दै सोमबार १ बजेसम्मको समय तय गरिएको थियो । संघको चुनाव आगामी माघ महिनामा हुँदैछ ।
प्रकाशित मिति: मंगलबार, पुस १, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
६

