मोबाइल र कम्प्युटरको स्क्रीनबाट निस्कने नीलो प्रकाश निद्राका लागि खराब हुन्छ भन्ने कुरा असत्य हुन सक्ने वैज्ञानिकहरूले बताएका छन्। निद्राका लागि कस्तो रङ्गको प्रकाश उत्तम हुन्छ भनेर अध्ययन गरिरहेका म्यान्चेस्टर विश्वविद्यालयका वैज्ञानिकहरूले नीलो प्रकाश अनिद्राको प्रमुख कारक नभएको बताएका छन्। उनीहरूले मुसालाई विभिन्न रङ्गका प्रकाशहरूमा राखेर अध्ययन गरेका हुन्।करेन्ट बायोलजी नामक जर्नलमा प्रकाशित विवादास्पद निष्कर्षमा निद्रा र प्रकाशको सम्बन्धमा प्रकाश कत्तिको उज्यालो छ र रङ्ग कत्तिको सजीव छ भन्नेमा भर पर्ने भनिएको छ।
अध्ययन किन?
सबै मानिसको सुत्ने र उठ्ने प्राकृतिक प्रक्रिया हुन्छ। प्रत्येक मानिसको शरीर वरपरको वातावरणसँग घुलमिल भएको हुन्छ। त्यसले गर्दा मानिसहरू दिउँसो सक्रिय हुन्छन् भने राति निदाउँछन्। तर विज्ञहरूले लामो समयदेखि यो प्रक्रियामा कृत्रिम प्रकाशले असर गरिरहेको शङ्का गरेका छन्।सबैभन्दा बढी चर्चा पाएको शङ्कामा स्क्रीनबाट निस्कने नीलो प्रकाशको ठूलो असर हुन्छ भन्ने हो। के पत्ता लाग्यो? अध्ययनकर्ताहरूले प्रकाशको उज्यालो र रङ्ग नियन्त्रण गरेर मुसाहरूमा अध्ययन गरेका हुन्। प्रकाश उज्यालो हुँदा अपेक्षा गरे जस्तै मुसाहरू सक्रिय भए। तर जब प्रकाशको उज्यालो कम गरियो तब पहेँलो प्रकाशमा भन्दा नीलो प्रकाशमा मुसाहरू बढी विश्रामको अवस्थामा देखिए। प्रमुख अध्ययनकर्ता डा. टीम ब्राउनले सो निष्कर्ष प्राकृतिक भएको बताए। "दिनको समयमा हामीले पाउने प्रकाश सेतो वा पहेँलो हुन्छ र त्यसको असर हाम्रो शरीरमा बढी हुन्छ। तर सूर्यास्तपछि प्रकाश नीलो हुँदै जान्छ," उनले भने। "त्यसैले यदि शरीरलाई विश्रामको अवस्थामा लाने हो भने प्रकाशलाई कम उज्यालो र नीलो बनाउनुपर्छ।"यसको अर्थ के हो?
मोबाइल वा कम्प्युटरमा रात्रिकालीन सेटिङ राख्दा त्यसले नीलो रङ्ग घटाउँछ। "अहिले मानिसहरू राति प्रकाशलाई बढी पहेँलो बनाइरहेका छन्," डा. ब्राउनले भने। "हाम्रो अनुमान यो हो कि हामीले अहिले गरिरहेको तरिका उल्टो छ।" अक्स्फोर्ड विश्वविद्यालयका डा. म्यानुअल स्पीट्स्चान भन्छन्, "यो रमाइलो निष्कर्ष हो तर मानिसहरूमा पनि यस्तै असर हुन्छ कि हुँदैन थाहा छैन।" "तर भविष्यमा मानिसहरूमाथि यस्तै अध्ययन गरेर त्यो पत्ता लगाउन सकिन्छ।"
प्रकाशित मिति: मंगलबार, पुस १, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सकमाथि आक्रमणपछि नारायणी अस्पतालका पाँच जना स्वास्थ्यकर्मी निलम्बनमा
आइतबार, साउन १०, २०८३
एक वर्षमा ८९३ जनामा स्क्रब टाइफस
शुक्रबार, साउन ८, २०८३
आईभीएफ सेवा व्यवस्थित बनाउन कार्यविधि र छुट्टै ऐनको तयारी
शुक्रबार, साउन ८, २०८३
वीर अस्पतालमा ११ जना गुनासो सुन्ने अधिकारी
शुक्रबार, साउन ८, २०८३ट्रेन्डिङ

