जनस्वास्थ्य सरोकार, काठमाडौँ । हाडजोर्नी विशेषज्ञ डा. मंगल रावल कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाअन्तर्गत अस्पतालको निर्देशक नियुक्त भएका छन्। प्रतिष्ठानका उपकुलपति प्रा. डा. राजेन्द्र वाग्लेले मंगलबारकै मितिबाट कार्यभार सम्हाल्नेगरी डा. रावललाई नियुक्त गरेका हुन्। प्रतिष्ठान ऐनको दफा २५ को उपदफा १ र २ बमोजिम काम कर्तव्य र अधिकारसहित उनलाई ‘अस्पताल निर्देशक’को जिम्मेवारी दिइएको प्रतिष्ठानले जनाएको छ। चार वर्षदेखि हाडजोर्नीको विशेषज्ञको रुपमा कार्यरत डा. रावल यसअघि प्रतिष्ठानको हाडजोर्नी विभागका प्रमुख थिए । सोही प्रतिष्ठानको सिनेट सदस्य समेत रहेका उनी यसअघि कर्णाली प्रदेश सरकारले गठन गरेको प्रदेश स्वास्थ्य नीति तयारी समितिको सदस्य रहेका थिए । जिम्मेवारी पाएपछि डा रावलले आफ्नो शीप र क्षमताले भ्याएसम्म अस्पताल सेवालाई स्तरीय, सुलभ र विश्वनीय बनाउन लागि पर्ने बताए ।
प्रकाशित मिति: बुधबार, पुस २, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
६

