जनस्वास्थ्य सरोकार, महोत्तरी । काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल सिनामंगल, पि.एन. पन्त फाउण्डेशन नेपाल तथा आसमानको संयुक्त आयोजनामा महोत्तरी जिल्लाको औरही नैनीगौरी गाउँमा यही पौष ४ र ५ गते वृहत स्वास्थ्य शिविरको आयोजन गरिने भएको छ । २ दिनसम्म सञ्चालन हुने सो निशुल्क डेण्टल एवं साधारण स्वास्थ्य परीक्षण शिविरमा करिब ५ सय भन्दा बढी स्थानीयबासीलाई सेवा उपलब्ध गराइने कलेजकी कार्यकारी प्रमुख एव वरिष्ठ प्रशुति तथा स्त्री रोग विशेषज्ञ प्रा.डा. चन्दा कार्कीले जानकारी दिनुभयो । काठमाडौं मेडिकल कलेजले प्रत्येक वर्ष यस प्रकारको शिविर आयोजन गर्दै आएको छ ।
[caption id="attachment_22796" align="alignnone" width="1261"]
प्रा.डा. चन्दा कार्कीकै नेतृत्वमा हुन लागेको शिविरमा १२ जना विशेषज्ञसहित २० जना चिकित्सकहरु र वरिष्ठ नर्सहरुको टोली सहभागी हुने अस्पताल प्रशासनले जानकारी गराइएको छ । [/caption]
कम्तिमा ५०० जनाले सेवा लिने लक्ष्यका साथ शुरु हुन थालेको यस शिविरमा स्त्री रोग, मुख तथा दन्तरोग (विग्रेको दाँत निकाल्ने समेत), नाँक कान घाँटी, साधारण मेडिकल चेक अफ सेवा सहित साधारण मुटुरोग परिक्षण तथा आधारभूत रगत परीक्षण (प्याथोलोजी सेवा) तथा ई.सि.जि सेवा उपलब्ध गराइने अस्पतालका विजय शर्माले जानकारी गराउनुभयो । उक्त शिविरमा आवश्यक औषधीहरु निःशुल्क वितरण गरिनुका साथै अस्पतालमै उपचार गर्नुपर्ने पहिचान भएका विरामीहरु ईच्छुक भएमा उनीहरुलाई काठमाडौं मेडिकल कलेजको निशुल्क उपचार सेवा कार्यक्रम अन्र्तगत कलेजको सिनामंगल स्थित शिक्षण अस्पतालमा उपचार गरिने अस्पतालले जानकारी गराएको छ ।
प्रकाशित मिति: बुधबार, पुस २, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
भारतका १६ राज्यमा फेरि कोरोना फैलिन थाल्यो, सक्रिय संक्रमित हजार नाघे
सोमबार, जेठ १२, २०८२
संघीय अस्पतालहरूको सेवा र शुल्कमा समानता ल्याउन स्वास्थ्य मन्त्रालयको नयाँ विधेयक तयारी
आइतबार, वैशाख २१, २०८२
गर्मी मौसममा खाना तताउँदा लापरवाही नगर्न विज्ञहरूको चेतावनी
बिहीबार, वैशाख १८, २०८२
भेरी अस्पतालमा मिर्गौला प्रत्यारोपण सेवा शुरू, दुई बिरामीको सफल प्रत्यारोपण
मंगलबार, वैशाख ९, २०८२
सिराहा अस्पतालमा सेवाग्राही हैरान, स्थानीयले १९ बुँदे मागपत्र बुझाए
मंगलबार, वैशाख ९, २०८२ट्रेन्डिङ
