जनस्वास्थ्य सरोकार, जाजरकोट । डोल्पाका स्वास्थ्य चौकीमा दक्ष अनमी अभावमा तालिम नलिएका करारका कर्मचारीले सुत्केरी गराउँदै आएका छन्।
प्रसूति केन्द्र सञ्चालन गरिएका प्रत्येक स्वास्थ्य चौकीमा एक जना एसबीआई तालिमप्राप्त अनमी अनिवार्य हुनुपर्ने भनिए पनि स्वास्थ्य चौकीमा गत साउनदेखि तालिम नै नलिएका अनमीले सुत्केरी गराउँदै आएका छन्।
नगरपालिकाले करारमा भए पनि तालिमप्राप्त अनमी भर्ना गर्नुपर्ने स्वास्थ्य चौकीका प्रमुख अहेब तुलबहादुर श्रेष्ठले बताए। दुई जना स्थायी अनमी दरबन्दी रहेको स्वास्थ्य चौकीमा हाल एक जना करार त्यसमा पनि तालिम नलिएकी अनमी र एक जना मासिका मात्र कार्यरत छन्।
त्रिपुरासुन्दरी नगरपालिकामा रहेका लिकु, पहाडा, सुँ र त्रिपुराकोटसहितका पाँच स्वास्थ्य चौकीमध्ये चार स्वास्थ्य चौकीमा प्रसूति केन्द्र सञ्चालनमा रहे पनि बत्ती नहुँदा प्रसूति सेवा प्रवाहमा समस्या भएको छ। फुल्चिङ स्वास्थ्य चौकीमा प्रसूति केन्द्र सञ्चालनका लागि आवश्यक सामग्री पठाइए पनि काम शुरु भएको छैन।
मुड्केचुला गाउँपालिका–३ काशीलखोलामा गएको पहिरोबाट विद्युत् उत्पादन गृह बगाएपछि फेम्ली अस्पतालको सेवा ठप्प हुँदै आएको छ। उपल्लो डोल्पामा वर्षमा एकपटक मात्र औषधि पुग्छ।
जिल्लाका अधिकांश गाउँमा सल्लाको दियालोको भरमा गर्भवतीको सुत्केरी गराउनुपर्ने अवस्था छ। विद्युत् प्राधिकरणको राष्ट्रिय प्रसारणसँग जोडिन नसकेका कारण यहाँ यस्ताे अवस्था कायम रहेकाे हाे।
डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–१ त्रिपुराकोट बगरमा रहेको त्रिपुराकोट स्वास्थ्य चौकीमा रहेको प्रसूति केन्द्रमा बत्तीअभावमा मोबाइलको लाइटको भरमा सुत्केरी गराउनुपर्ने बाध्यता रहेको स्वास्थ्यकर्मी बताउँछन् ।
‘साउनयता मात्रै १६ जना सुत्केरीको मोबाइल टर्च र दियालो बालेर सुत्केरी गराइएको छ’, त्रिपुराकोट स्वास्थ्य चौकीका इञ्चार्ज अहेब तुलबहादुर श्रेष्ठले भने, ‘सुत्केरी गराउने जस्तो जटिल र संंवेदनशील कामका लागि उज्यालो र न्यानो ठाउँको आवश्यकता पर्ने भए पनि त्रिपुराकोट स्वास्थ्य चौकीमा भरपर्दो बत्तीको व्यवस्था छैन।’
एक संस्थाले दुई वर्षका लागि भनेर जोडेको सोलार एक वर्ष नपुग्दै बिग्रेपछि त्रिपुराकोट स्वास्थ्य चौकीअन्तर्गतको प्रसूति केन्द्रमा समस्या आएको छ।
रासस
प्रकाशित मिति: शुक्रबार, पुस ४, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
६

