[caption id="attachment_22835" align="alignnone" width="1000"]
सांकेतिक तस्बिर[/caption]
सांकेतिक तस्बिर[/caption]
जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपाल चिकित्सा पर्यटन एसिया शिखर सम्मेलन आगामी शुक्रबार देखि सुरु हुने भएको छ ।‘नेपाल मेडिकल टुरिजम एसिया समिट नाउ’ दिइएको उक्त दुइ दिने सम्मेलनमा नेपाल, भारत, बंगलादेश, पाकिस्तान, म्यानमार, जर्मन, अमेरिका लगायतका चिकित्सक, विशेषज्ञ, स्वास्थ्य व्यवसायी सँगै स्वास्थ्य प्राविधिकहरुको जमघट हुनेछ । मुलुकमा चिकित्सा पर्यटनको विकासको लागि ‘एक्सप्लोर प्रोडक्टिभ चेम्बर अफ कमर्स’ तथा ‘नेपाल मेडिकल टुरिजम अर्गनाईजेसन’ले उक्त सम्मेलन आयोजना गरेको हो। मुलुकमा चिकित्सा पर्यटनको प्रचुर सम्भावनालाई दृष्टिगत गरेर हालको स्वास्थ्यसेवा सुविधालाई चुस्त बनाउन उक्त सम्मेलन आयोजना गरिएको सम्मेलन आयोजक समितिका अध्यक्ष कृष्ण पाण्डेले बताए। विदेशबाट उपचारका लागि प्रविधि, जनशक्ति तथा अस्पतालसँग सहकार्य गरेर नेपाली अस्पताललाई अन्तर्राष्ट्रिय रुपमा प्रवर्द्धन गरेर रेमिटेन्स भित्र्याउनु यो सम्मेलनको प्रमुख उद्देश्य रहेको छ। नेपाल विदेशी पर्यटकहरुको प्रमुख रोजाइमा पर्ने जनाउँदै आयोजक समितिका अध्यक्ष पाण्डेले सम्मेलनको माध्यमले मुलुकमा आउने पर्यटकहरुलाई स्वास्थ्य सेवाका प्याकेजहरु प्रवर्द्धन गरी उनीहरुको बसाई लम्ब्याएर पर्यटन वर्ष २०२० लाई सफल पार्न समेत सघाउने बताए। हाल विदेशमा उपचारको लागि जाने नेपाली बिरामीहरुमध्ये ८० प्रतिशत भारत, १० प्रतिशत बैंकक र सिंगापुर तथा १० प्रतिशत अमेरिका, क्यानाडा जाने गरेको आयोजक समितिले जनाएको छ।
Vector cartoon business people sitting at desk with laptops communicating at brainstorming, meeting or conference. Teamwork, teambuilding concept. Happy men, women characters, managers office workersउपचारको लागि विदेश जाने क्रमलाई रोक्न समेत अस्पतालले खेल्नुपर्ने भूमिका, गुणस्तर वृद्धि, गुणस्तरिय प्रविधि तथा प्राविधिकको खाँचो आदि विषयमा समेत सम्मेलनले सहकार्य र सहजताको लागि ठूलो भूमिका खेल्ने बताइएको छ।
प्रकाशित मिति: आइतबार, पुस ६, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
६
