जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपाल औषधि व्यवसायी संघ काठमाडौं जिल्ला शाखाले १ सय दिन पुगेको उपलक्ष्यमा बिजुलीबजार स्थित औषधि व्यबस्था विभागमा सहायता कक्ष (हेल्प डेस्क) को स्थापना गरी सञ्चालनमा ल्याएको छ । जिल्ला शाखा र विभागको समन्वयमा औषधि व्यवसायी नविकरण, नयाँ दर्ता, अनलाईन सेवा तथा भैपरी आउनसक्ने अफ्ट्याराहरुलाई सहजरीकरण गर्न हेल्प डेस्कको स्थापना गरिएको हो । हेल्प डेस्कमा हप्तामा ६ दिन कार्यालय समयसम्म नेपाल औषधि व्यवसायी संघको एक जना कर्मचारीको व्यवस्था गरिएको छ । औषधि व्यवस्था विभागका वरिष्ठ औषधि व्यवस्थापक सन्तोष के.सी.ले संघद्धारा आयोजित एक कार्यक्रमबीच सो सहायता कक्षको उद्घाटन गर्नुभयो । नेपाल औषधि व्यवसायी संघमा आवद्ध नेपालभरका औषधि व्यवसायी नविकरण, नयाँ दर्ता र भैपरीआउने समस्या समाधान गर्नका लागि औषधि व्यवस्था विभागसँग सहकार्य गरेर सहायता कक्ष सञ्चालन गरिएको नेपाल औषधि व्यवसायी संघ काठमाडौं जिल्ला शाखाका अध्यक्ष बद्री प्रसाद श्रेष्ठले बताउनुभयो ।
विगतका दिनमा व्यवसायीहरुलाई कम्पनी दर्ता र नविकरण गर्न बाहिर धाउनुपर्ने अवस्था थियो । सहायता कक्षको स्थापना भएपछि औषधी व्यवसायीहरुलाई सहज हुने अपेक्ष गरिएको छ । अध्यक्ष श्रेष्ठले भन्नुभयो –‘सहायता कक्षबाट नयाँदर्ता र नविकरणका लागि आवश्यक पर्ने फोटो स्क्यानिङ, टिकट, फोटोकपी र अनलाईन सेवा सहजै प्राप्त गर्न सकिनेछ ।’ काठमाडौं जिल्ला शाखाका महासचिव शुभमान श्रेष्ठले औषधि व्यवसायी र आम जनताको सेवा सुविधालाई मध्यननजर गर्दै वेवसाइट र मोबाइल एप्लिकेसन निर्माण गर्न लागिएको बताउनुभयो । उक्त वेवसाइट र एपमा व्यवसायीहरुले आफ्ना डाटा अपलोड गर्न सक्ने छन् भने सदस्यता नभएकाहरुले मेडिकल रिर्पोट एपमा फोल्डर बनाएर अपलोड गर्न सक्ने छन् । यस एप्सले १० वर्षपछि पनि आफुले कुन डाक्टरसँग औषधी, उपचार गरेको थियो, के भएको थियो भन्ने एप्सले जानकारी गराउने बताउनुभयो । वेवसाइट र एप्स निर्माणको काम सुरु भइसकेको र सञ्चालनमा आउन करिब ६ महिना जति लाग्ने अनुमान गरिएको छ ।
काठमाडौं शाखाले व्यवसायी सदस्यहरुलाई शारीरिक समस्या आइपरेको खण्डमा आर्थिक सहुलियत उपलब्ध गराउन अक्षयकोषको समेत स्थापना गरेको छ । ५० हजारबाट सुरु गरिएको सो अक्षयकोष वर्तमान कार्यसमितिको ३ वर्षे कार्यकालभित्र ठूलो धनराशी जम्मा हुने लक्ष्य रहेको श्रेष्ठले स्पष्ट पार्नुभयो । हाल काठमाडौँ जिल्लामा मात्र करिब दुइ हजारको हाराहारीमा औषधि पसलहरु सञ्चालनमा रहेका छन् ।
प्रकाशित मिति: आइतबार, पुस ६, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सकमाथि आक्रमणपछि नारायणी अस्पतालका पाँच जना स्वास्थ्यकर्मी निलम्बनमा
आइतबार, साउन १०, २०८३
एक वर्षमा ८९३ जनामा स्क्रब टाइफस
शुक्रबार, साउन ८, २०८३
आईभीएफ सेवा व्यवस्थित बनाउन कार्यविधि र छुट्टै ऐनको तयारी
शुक्रबार, साउन ८, २०८३
वीर अस्पतालमा ११ जना गुनासो सुन्ने अधिकारी
शुक्रबार, साउन ८, २०८३ट्रेन्डिङ

