जनस्वास्थ्य सरोकार, खुर्कोट सिन्धुली । काठमाडौंको चावहिलस्थित ॐ अस्पताल एण्ड रिसर्च सेन्टरले सिन्धुलीको खुर्कोटमा सञ्चालन गरेको बृहत स्वास्थ्य परीक्षण शिविरबाट एकै दिनमा ५ सय भन्दा बढीले निःशुल्क स्वास्थ्य परीक्षण सुविधा प्राप्त गरेका छन् ।
सिन्धुलीको गोलन्जोर गाउपालिका वडा नं. ७ अन्तर्गत खुर्कोटमा रहेको सुनकोशी सामुदायिक अस्पतालसँगको सहकार्यमा संचालित सो शिविरमा ॐ अस्पतालका सिनियर कन्सल्ट्यान्ट फिजिसियन डा. बिश्वनाथ (बि.एन) कोइरालाको नेतृत्वमा जनरल फिजिसिन, जनरल सर्जरी, गाइनेकोलोजी (स्त्री तथा प्रसुती रोग) लगायतको सेवा उपलब्ध गराउनुका साथै एक्स—रे, अल्ट्रासाउण्ड , प्याथोलोजी लगायतका सेवासमेत उपलब्ध गराइएको थियो । सो अवसरमा आवश्यक औषधिहरुसमेत निःशुल्क उपलब्ध गराइएको थियो ।
सो बृहत स्वास्थ्य परीक्षण शिविरमा सिन्धुलीको गडतिरक्षेत्र सुनकोशी, गोलन्जोर, फिक्कल गाउपालिका, रामेछाप र ओखलढुंगा लगायतका ठाँउबाट बिरामीहरु आएका थिए । शिविरकै अवसरमा अस्पतालले जनचेतनाका लागि स्वास्थ्य सम्बन्धि लेख,रचना, अन्तर्वार्ता लगायतका बिबिध सामग्रीहरु समेटेर प्रकाशन गरेको ॐ अस्पतालको स्मारिका शुश्रुषा र ॐ अस्पतालको मासिक न्यूजलेटर ‘हेल्थ प्लस’ सँगै अस्पतालमा उपलब्ध सेवा सामग्री तथा अस्पतालको प्रिभेन्टिभ हेल्थ केयर क्लिनिक ॐ वेलनेश क्लिनिकबारे महत्वपूर्ण जानकारी समेटिएका समग्रिहरु समेत बितरण गरिएको थियो ।
अस्पतालको संस्थागत सामाजिक उत्तरदायित्व नियमित कार्यक्रम अन्तर्गत स्वास्थ्य उपचार सेवा सहज नभएका स्थानमा बिशेषज्ञता सेवा पुर्याउने अभियानको निरन्तरताको रुपमा यो निःशुल्क शिविर आयोजना गरिएको ॐ अस्पतालका प्रबन्ध सञ्चालक बाबुकाजी कार्कीले जानकारी दिनुभयो ।
प्रकाशित मिति: आइतबार, पुस ६, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
भारतका १६ राज्यमा फेरि कोरोना फैलिन थाल्यो, सक्रिय संक्रमित हजार नाघे
सोमबार, जेठ १२, २०८२
संघीय अस्पतालहरूको सेवा र शुल्कमा समानता ल्याउन स्वास्थ्य मन्त्रालयको नयाँ विधेयक तयारी
आइतबार, वैशाख २१, २०८२
गर्मी मौसममा खाना तताउँदा लापरवाही नगर्न विज्ञहरूको चेतावनी
बिहीबार, वैशाख १८, २०८२
भेरी अस्पतालमा मिर्गौला प्रत्यारोपण सेवा शुरू, दुई बिरामीको सफल प्रत्यारोपण
मंगलबार, वैशाख ९, २०८२
सिराहा अस्पतालमा सेवाग्राही हैरान, स्थानीयले १९ बुँदे मागपत्र बुझाए
मंगलबार, वैशाख ९, २०८२ट्रेन्डिङ
