जनस्वास्थ्य सरोकार, काठमाडौं । नेपाल सरकारले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशकमा सोही केन्द्रमा कार्यरत मुटुरोग विशेषज्ञ डा.चन्द्रमणि अधिकारीलाई नियुक्त गरेको छ । पुष ८ गते बसेको मन्त्री परिषद् बैठकले एक कुशल मुटुरोग विशेषज्ञ डा. अधिकारीलाई कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले डा अधिकारीलाई केन्द्रको निर्देशक नियुक्तका लागि मन्त्रीपरिषद्मा प्रस्ताव लानुभएको थियो । डा. अधिकारीको कार्यकाल ४ वर्षको हुनेछ । यसअघिका स्वास्थ्य मन्त्री उपेन्द्र यादवले सोही अस्पतामा कार्यरत वरिष्ठ मुटुरोग विशेषज्ञ डा. युवराज लिम्बुलाई निमित्त कार्यकारी निर्देशकमा नियुक्त गर्नुभएको थियो । त्यसअघि वरिष्ठ मुटु सर्जन डा. ज्योतिन्द्र शर्माले आफ्नो ४ वर्षे सफल कार्यकाल पूरा गरी केन्द्रबाट बिदा लिनुभएको थियो ।
प्रकाशित मिति: मंगलबार, पुस ८, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
६
