जनस्वास्थ्य सरोकार, काठमाडौं । नेपाल सरकारले नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा कृष्ण अधिकारीलाई नियुक्त गरेको छ । पुष ८ गते सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले डा अधिकारीलाई रजिष्ट्रार नियुक्त गर्ने निर्णय गरेको हो ।
परिषद्को बैठकले काउन्सिलमा रिक्त पाँच सदस्य पदमा डा.हरिहर अवस्थी, डा.सुप्रभात श्रेष्ठ, डा.प्रेनित कुमार पोखरेल, डा. सन्ध्या चापागाईं र किशोर बिक्रम मल्ललाई नियुक्त गरेको छ । डा.कृष्ण अधिकारी र डा. सुप्रभात श्रेष्ठ यसअघि पनि काउन्सिल सदस्य थिए । काउन्सिल पदाधिकारीको पदावधि चार वर्षको हुन्छ । काउन्सिलको अध्यक्षमा भने गत कात्तिकमा मन्त्रीपरिषदले बरिष्ठ मुटुरोग विशेषज्ञ डा. भगवान कोइरालालाई नियुक्त गरेको थियो ।
प्रकाशित मिति: मंगलबार, पुस ८, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
६
