जनस्वास्थ्य सरोकार,सुभा । समोआ सरकारले बिहीबार टापुहरुले भरिएको यस देशमा दादुराको महामारीबाट ८१ को मृत्यु भएको पुष्टि गरेको छ । मध्य अक्टोबरबाट सुरु भएको यस दादुरा प्रकोपबाट हालसम्म ८१ जनाको मृत्यु भएको सरकारी स्रोतले जानकारी दिएको हो ।
समोआमा सो रोग निगरानी टोलीकाअनुसार एक पाँच वर्षीया बालिकाको मृत्यु भएपछि सो सङ्ख्या ८१ पुगेको सरकारले बिहीबार जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।
यस प्रकोपबाट ५ हजार २१७ व्यक्ति सङ्क्रमित भएका छन् । गएको २४ घण्टाभित्र नौ जनामा दादुराको सङ्क्रमण भएको जनाइएको छ ।
सङ्क्रमित ४३ अस्पतालमा भर्ना भएका छन् । ती मध्ये १० जनाको अवस्था चिन्ताजनक रहेको जनाइएको छ । केही समययता समोआमा सार्वजनिक जमघटमा प्रतिबन्ध लगाइएको छ । दादुरा असाध्यै सङ्क्रामक भाइरल रोग हो ।
बुधवारसम्म समोआमा लगभग ९५ प्रतिशत दादुराको खोप लगाइएको सरकारी स्रोतले जनाएको छ । रासस/सिन्ह्वा
प्रकाशित मिति: बिहीबार, पुस १०, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
६

