जनस्वास्थ्य सरोकार, बिर्तामोड झापा । झापाको बिर्तामोडमा अत्याधुनिक प्रविधिसहितको अन्तर्राष्ट्रियस्तरको क्यान्सर अस्पताल सञ्चालनमा आउने भएको छ । पूर्वाञ्चल क्यान्सर अस्पतालले अत्याधुनिक प्रविधिसहित आफ्नो सेवा सुरु गर्न लागेको हो ।
दक्षिण एसियामै पहिलोपटक यस्तो अस्पताल सुरु गर्न लागिएको अस्पतालले जनाएको छ । उक्त अस्पतालले आफ्नो सेवा सन् २०२० को पहिलो दिन अर्थात् जनवरी १ (१६ पुस)बाट सुरु गर्न लागेको अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईंले जानकारी दिए ।
अस्पतालले नेपालमै पहिलोपटक नयाँ प्रविधि भित्र्याएको प्रसाईंको दाबी छ । चार सय करोड लगानीमा सञ्चालनमा आएको अस्पतालमा क्यान्सरका बिरामीलाई एक मिनेटमा रेडिएसन दिन सक्ने ‘ट्रयू बिम लिनियर एक्सेलेरेटर’ मेसिन पहिलोपटक नेपाल भित्र्याइएको प्रसाईंको दाबी छ ।
उनले यो अस्पताल दक्षिण पूर्वीएसियाकै नमुना भएको दाबी गरेका छन् । क्यान्सरको अवस्था जाँचका लागि ‘पेट सिटी स्क्यान’ म्यासिन पनि अस्पतालमा ल्याइएको अस्पतालका मेडिकल डाइरेक्टर डाक्टर वीरेन्द्र यादवले जानकारी दिए । ‘यो प्रविधि नेपालमै पहिलो हो’, उनले भने, ‘यसका लागि दिल्ली वा सिंगापुर जानुपथ्र्यो । अब त्यो बाध्यता हट्यो ।’
यस्तै, अस्पतालमा महिलाको स्तनक्यान्सर पत्ता लगाउन अत्याधुनिक प्रविधिसहितको डिजिटल थ्रीडि म्यामोग्रामसमेत ल्याइएको छ । प्रसाईंले नै सञ्चालन गरेको बि एण्ड सी अस्पताल हाताभित्र रहेको यो अस्पतालमा शल्याक्रियाका लागि पाँचवटा मोडुलर शल्यक्रिया कक्ष रहेको अस्पतालले जनाएको छ । अस्पतालले सेवा सुरु गरेको दिन पहिलो सेवाग्राहीलाई निःशुल्क रेडिएसन दिइने निर्देशक प्रसाईंले बताए । ‘हामीले अस्पताल सुरु गर्दा सामाजिक उत्तरदायित्वलाई पनि ख्याल गर्नुपर्छ’, उनले भने, ‘अस्पताल सुरु भएको अवसरमा हामी एकजना बिरामीको सम्पूर्ण खर्च आफैं ब्यहोर्छौं ।’
अस्पतालको सेवा सुरु हुनुअघि नै ४० जना बढी बिरामी आइसकेको मेडिकल डाइरेक्टर यादवले बताए । अन्य अस्पतालमा उपचार गराएका र भारतको विभिन्न ठाउँका बिरामी पनि आइरहेको उनको भनाइ छ ।
‘सरकारले पर्यटकीयस्थललाई मात्रै भ्रमण वर्ष भनेर प्रचार ग-यो’, प्रसाईंले भने, ‘हामी नेपाललाई मेडिकल टुरिजमको हब बनाउन चाहँन्छौं ।’ नेपालका विभिन्न क्षेत्रसँगै भारत, बंगलादेश भुटानसहित दक्षिण एसिया नै अस्पतालको सेवा क्षेत्र रहेको प्रसाईंले जानकारी दिए ।
प्रकाशित मिति: बिहीबार, पुस १०, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
भारतका १६ राज्यमा फेरि कोरोना फैलिन थाल्यो, सक्रिय संक्रमित हजार नाघे
सोमबार, जेठ १२, २०८२
संघीय अस्पतालहरूको सेवा र शुल्कमा समानता ल्याउन स्वास्थ्य मन्त्रालयको नयाँ विधेयक तयारी
आइतबार, वैशाख २१, २०८२
गर्मी मौसममा खाना तताउँदा लापरवाही नगर्न विज्ञहरूको चेतावनी
बिहीबार, वैशाख १८, २०८२
भेरी अस्पतालमा मिर्गौला प्रत्यारोपण सेवा शुरू, दुई बिरामीको सफल प्रत्यारोपण
मंगलबार, वैशाख ९, २०८२
सिराहा अस्पतालमा सेवाग्राही हैरान, स्थानीयले १९ बुँदे मागपत्र बुझाए
मंगलबार, वैशाख ९, २०८२ट्रेन्डिङ
