जनस्वास्थ्य सरोकार, काठमाडौँ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको सिनेट बैठक सम्पन्न भएको छ। प्रतिष्ठानका कुलपति प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बालुवाटारमा बसेको बैठकले १२ वटा प्रस्ताव पारित गरेको छ।
प्रतिष्ठानमा एमडी एमएसका लागि एमडीजीपी, अर्थोपेडिक्स, गाइनो, पेडियाट्रिक्स लगायत कार्यक्रम सञ्चालन गर्ने, स्नातकोत्तरमा इपिडिमियोलोजी, फर्मेसी कार्यक्रम सञ्चालन गर्ने प्रस्ताव पारित भएको रजिष्ट्रार विश्वराज काफ्लेले जानकारी दिए।
बैठकले ६ अर्बको पाँचवर्षे बहुवर्षीय गुरुयोजना समेत पारित गरेको प्रतिष्ठानका रजिष्ट्रार काफ्लेले जानकारी दिए। उनका अनुसार चालू आर्थिक वर्षका लागि ६९ करोडको बजेट छ।
यस्तै प्रतिष्ठान छनोट समितिको अध्यक्षमा प्रा.डा. गणेश गुरुङ र सदस्यमा डा. तरुण पौडेललाई नियुक्त गर्ने निर्णय भएको छ।
प्रकाशित मिति: सोमबार, पुस १४, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
६

