
काठमाडौं : अब देशभरका सामुदायिक विद्यालयका छात्राले सेनेटरी प्याड निःशुल्क पाउने भएका छन्। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सोमबार ललितपुरको महालक्ष्मी नगरपालिकास्थित सिद्धिपुर माविबाट अभियान शुरु गरे। यससँगै अब सामुदायिक विद्यालयका कक्षा ६ देखि १२ सम्मका किशोरावस्थाका छात्राले महिनावारीका समयमा आवश्यक पर्ने सेनेटरी प्याड निःशुल्क पाउनेछन्।
सरकारले निःशुक सेनेटरी प्याड कार्यविधि बनाई स्थानीय तहलाई अनुदानका रूपमा स्थानीय तहलाई बजेट निकासा गरेकाे छ। मन्त्री पोखरेलले सामुदायिक विद्यालयका छात्रालाई निःशुल्क सेनेटरी प्याडका लागि पठाइएको रकम अन्यत्र खर्च गर्न नपाइने बताए। प्याडको अभावमा छात्राको पढाइमा समस्या हुन नदिन आवश्यक प्रबन्ध गर्न स्थानीय तह र विद्यालयलाई आग्रह गरे।
गत मंसिर ३० गतेको मन्त्रिपरिषद्का बैठकले सेनेटरी प्याड प्याड वितरण कार्यविधि, २०७६ पारित गरेको थियो। कार्यविधिअनुसार प्रत्येक स्थानीय तहका छात्राको तथ्यांक संकलन गरी अर्थ मन्त्रालयमा बजेट माग गर्नुपर्नेछ। रकम प्राप्त भएपछि सम्बन्धित स्थानीय तहले आफ्ना समुदायिक विद्यालयका लागि प्रचलित खरिद कानुनबमोजिम गुणस्तरीय प्याड खरिद गर्नुपर्नेछ।
स्थानीय तहले स्थानीयरूपमा निर्मित पुनःप्रयोगमा ल्याउन सकिने प्याड बनाएर वितरण पनि गर्न सक्नेछ। कार्यविधिले विद्यालयमा प्याड वितरणका लागि सम्भव भएसम्म नर्स र नर्स सम्भव नभएमा महिला शिक्षक वा प्रारम्भिक बालविकासका महिला सहजकर्ता वा स्वास्थ्य तथा जनसंख्या विषय शिक्षक वा महिला कार्यालय सहयोगीलाई सम्पर्क व्यक्ति तोकिने उल्लेख छ। प्याडको विर्सजन गर्दा वातावरणीय पक्षलाई पनि ध्यान दिन कार्यविधिमा भनिएको छ।
कतिपय जिल्लामा महिनावारी हुँदा छात्रा विद्यालय नआउने र कक्षा छाड्ने प्रवृत्ति देखिएकाले उनीहरूको नियमितता र स्वास्थ्य सुरक्षालाई ध्यान दिएर सरकारले यस्तो व्यवस्था गरेको हो।
प्रकाशित मिति: मंगलबार, पुस १५, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सकमाथि आक्रमणपछि नारायणी अस्पतालका पाँच जना स्वास्थ्यकर्मी निलम्बनमा
आइतबार, साउन १०, २०८३
एक वर्षमा ८९३ जनामा स्क्रब टाइफस
शुक्रबार, साउन ८, २०८३
आईभीएफ सेवा व्यवस्थित बनाउन कार्यविधि र छुट्टै ऐनको तयारी
शुक्रबार, साउन ८, २०८३
वीर अस्पतालमा ११ जना गुनासो सुन्ने अधिकारी
शुक्रबार, साउन ८, २०८३ट्रेन्डिङ

