हेटौँडा अस्पतालमा सघन उपचार कक्ष ‘आइसीयु’ र भेन्टिलेटर सेवा शुरु भएको छ । नौ वर्ष अगाडि ल्याइएको भए पनि प्रयोगविहीन अवस्थामा रहेर बिग्रिएको भेन्टिलेटर मेशिनलाई मर्मत गरेर सञ्चालनमा ल्याएको अस्पताल प्रशासनले जानकारी दिएको छ ।तत्कालीन समयमा रु १६ लाखमा दुईवटा मेशिन खरिद गरिएको थियो । जनशक्ति अभावलगायतका कारण थन्किएर रहेको र हाल सञ्चालनमा ल्याइएको हेटौँडा अस्पताल विकास समितिका अध्यक्ष प्रकाश पौडेलले जानकारी दिए । अस्पतालले परीक्षण स्वरुप आइसियु पनि सञ्चालन गरेको छ । जनशक्ति अभावका कारण हाल एउटा श्यया मात्र आइसियु सञ्चालनमा ल्याइएकोे हेटौँडा अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा प्रवीण श्रेष्ठले जानकारी दिए । भेन्टिलेटर सञ्चालनमा आएसँगै अस्पतालमा परीक्षणको रुपमा रहेको सघन उपचार कक्ष बताए । आगामी असारसम्ममा पाँच श्ययाको आइसियु तथा डायलसिस सञ्चालन गर्ने गरी अस्पतालले तयारी गरिरहेको पनि अस्पताल विकास समितिका अध्यक्ष पौडेलले जानकारी दिए । प्रदेश सरकार मातहत अस्पताल आएपछि अस्पतालमा परिवर्तन आएको छ । बालरोग, प्रसूति, हाडजोर्नी, सर्जन, रेडियोलोजिष्टलगायत विभिन्न विशेषज्ञ डाक्टर तथा फिजिसियनको सेवा एवं सम्पूर्ण परीक्षण हेटौँडा अस्पतालमै हुने भएपछि सेवाग्राहीको घुइँचो लाग्न थालेको छ ।
प्रकाशित मिति: मंगलबार, पुस १५, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
६
