रोमानियाको एउटा अस्पतालमा शल्यक्रिया गर्दा आगो लागेर एक बिरामीको मृत्यु भएको छ।
राजधानी बूकरेस्टस्थित फ्लोर्यास्का अस्पतालमा शल्यक्रिया गर्नुअघि ६६ वर्षीया महिलाको शरीरमा अल्कोहलयुक्त डिस्इन्फेक्टन्ट प्रयोग गरिएको थियो। पछि चिकित्सकहरूले विद्युतीय चक्कु प्रयोग गरी शल्यक्रिया गर्दा अल्कोहलले आगो टिपेको थियो। शल्यक्रिया गर्न अचेत बनाएर राखिएको बेला उनको शरीरभरि आगो फैलियो। उनलाई प्यान्क्रीअस अर्थात् अग्न्याशयको क्यान्सर भएको थियो। उक्त घटना डिसेम्बर २२ मा भएको हो।छानबिन
शरीर ४० प्रतिशत जलेकी ती महिलाको एक हप्तापछि अस्पतालमा मृत्यु भयो। प्रहरीले उनको मृत्युबारे छानबिन गर्न थालेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्। मृतकको परिवारले आफूहरूलाई एउटा दुर्घटना भएको मात्रै भनिएको तर स्थिति कति गम्भीर थियो तथा के भएको थियो त्यसबारे विस्तृत विविरण नदिइएको रोमानियाली सञ्चारमाध्यमलाई बताए। "हामीले टीभीमा प्रसारण भएपछि केही विवरण थाहा पायौँ," उनीहरूले भने,"हामी आरोप लगाउँदै छैनौँ , हामी खालि के भएको थियो त्यो जान्न चाहन्छौँ।" रोमानियाका स्वास्थ्यमन्त्रीले उक्त दु:खद घटनाको अनुसन्धान गरिने वचन दिएका छन्। एउटा विज्ञप्तिमा भिक्टर कोस्टाकेले भने, "यो घटनाबाट पाठ सिक्ने हामी अपेक्षा गर्छौँ।" सत्य पत्ता लगाउन आफू र मन्त्रालय दुवैले यथासम्भव सहकार्य गर्ने उनले बताए। अर्का एक मन्त्रीले विद्युतीय औजारबाट गरिने शल्यक्रियामा अल्कोहलमा आधारित डिस्इन्फेक्टन्टको प्रयोगमा प्रतिबन्ध लगाइएको शल्यचिकित्सकहरूलाई थाहा हुनुपर्ने बताएका छन्। ईयूमा संलग्न राष्ट्रमध्ये रोमानियाले स्वास्थ्यसेवामा सबैभन्दा थोरै रकम खर्च गर्छ। रोमानियामा बालमृत्युदर पनि उच्च छ। त्यहाँ अस्पताल पनि त्यति विकसित छैनन् तथा स्वास्थ्यसेवामा काम गर्ने कर्मचारीको पनि अभाव छ।बिबिसी
प्रकाशित मिति: बुधबार, पुस १६, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
६
