जिल्लाको विकट महाभारत गाउँपालिका वडा नं. १ र २ का स्थानीय महिलाहरु गर्भवती भएर प्रसूति गराउन घण्टौँ हिँडेर स्वास्थ्य चौकी जानुपर्ने बाध्यताका कारण अझै पनि घरमा नै प्रसूति गर्नेको सङ्ख्या धेरै रहेको पाइएको छ ।
एकातिर भौगोलिक विकटता र अर्कोतिर बेथा लागेपछि स्वास्थ्य चौकी लैजाने मान्छेको अभावका कारण अझै पनि घरमा नै प्रसूति गराउनेको सङ्ख्या धेरै रहेको पाइएको गोकुले स्वास्थ्य चौकीका हेल्थ असिस्टेण्ट प्रविण कुँवरले बताए । उनका अनुसार अहिले पनि बेथा लागेपछि स्वाथ्य चौकी बोकेर ल्याउन नै गाह्रो हुने गरेको छ । गाउँघरमा बोकेर ल्याउने मान्छेसमेत कमी भएका कारण अझै पनि घरमा नै प्रसूति गराउनेको सङ्ख्या धेरै रहेको छ । घरमा नै प्रसूति गराउने चलन भएका कारण पनि त्यस्तो अवस्था आएको हो ।
स्वास्थ्य चौकीका अनमी हिरामाया घिसिङका अनुसार अघिल्लो आर्थिक वर्ष १८ र यस वर्ष ७ जना गरी २५ जनाले स्वाथ्य चौकीमा प्रसूति गराएका छन् । सरकारले गर्भवती भएपछि नियमित रुपमा चार पटकसम्म गर्भ जाँच गराएर स्वास्थ्य चौकीमा प्रसूति गराएबापत रु ८०० र यातायात खर्चस्वरुप रु दुई हजार गरी रु दूई हजार ८०० पाउने गरे पनि विशेष गरी स्वास्थ्य संस्थामा आएर प्रसूति गराउनेको सङ््ख्या कम रहेको उनले बताइन् । अहिले पनि वडा नं। १ र २ का सेवाग्राहीलाई स्वास्थ्य चौकीसम्म आइपुग्न भूगोलअनुसार डेढ घण्टादेखि चार घण्टासम्म लाग्ने गरेको घिसिङले बताइन् ।
भवन सुविधा सम्पन्न भए पनि अहिले सो स्वास्थ्य चौकी भवनमा दरबन्दीअनुसारको जनशक्ति छैन । विकट क्षेत्रमा दरबन्दीअनुसारको दक्ष जनशक्ति कम हुनुका साथै भूगोलका कारण घण्टौँ हिड्नुपर्ने बाध्यताले सेवा लिन आउनेको सङ्ख्या कमै हुने गरेको स्थानीयहरुको भनाइ छ ।
भौगोलिक विकटताका कारण प्रसूतिसम्बन्धी विगतमा भन्दा निकै सचेत भए पनि आउनेको सङ्ख्या कम भएका कारण आफूहरुले त्यसलाई सतप्रतिशत गराउन अभियान चलाएको वडा नं। १ का वडाध्यक्ष कान्छामान जिम्बाले बताउए । “सिन्धुली जिल्लाको हरिहरपुरगढी गाउँपालिका–१, महाभारत गाउँपालिकाको १ र २, खानीखोला–४ लगायत गरी करिब तीन÷चार घण्टा टाढादेखि हिँडेर आउनुपर्ने बाध्यता छ”, उनले भने । रासस
प्रकाशित मिति: बुधबार, पुस १६, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सकमाथि आक्रमणपछि नारायणी अस्पतालका पाँच जना स्वास्थ्यकर्मी निलम्बनमा
आइतबार, साउन १०, २०८३
एक वर्षमा ८९३ जनामा स्क्रब टाइफस
शुक्रबार, साउन ८, २०८३
आईभीएफ सेवा व्यवस्थित बनाउन कार्यविधि र छुट्टै ऐनको तयारी
शुक्रबार, साउन ८, २०८३
वीर अस्पतालमा ११ जना गुनासो सुन्ने अधिकारी
शुक्रबार, साउन ८, २०८३ट्रेन्डिङ


