जनस्वास्थ्य सरोकार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा सबैले स्वास्थ्य उपचार पाउने अवस्था भएमात्र लोकतन्त्र सबल हुने बताएका छन ।
नेपाल स्काउटद्धारा बुधबार काठमाडौंमा आयोजित ‘नयाँ वर्ष नयाँ पाइला, बालबालिकासँग प्रधानमन्त्री’ विषयक कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले राजनीतिक वा केहि स्वतन्त्रताको हकहरुको प्रयोग मात्र लोकतन्त्र नभएको बताए ।
स्कूलका विद्यार्थीको जिज्ञासामा प्रधानमन्त्री ओलीले भने –‘जनता सुखी छ ÷की छैन । खान लगाउन पाएको छ /की छैन । आवाश पाएको छ /छैन र स्वास्थ्य उपचार पाउन सकेको छ ÷छैन । जैबिक र मानवीय आवश्यकताको परिपूर्ति भएको छ की छैन । सम्मानीत जीवन प्राप्त गर्न सकेको छ /छैन भन्ने कुराहरु हेर्नुपर्छ ।’
गर्भावस्थादेखि अस्पतालमा जन्माउने कुरालाई समेत सरकारले पुरस्कार र प्रोत्साहनको विषय बनाएको उनले बताए । ‘यी कार्यक्रमहरु सफल पनि भएका छन । त्यसैले सरकारको बालबालिकाप्रति जिम्मेवारी, स्नेहभाव र अभिभावकत्व देखिन्छ ।’प्रधानमन्त्री ओलीले बताए ।
सरकारले बालबालिकाको रक्षाका लागि जन्मनुभन्दा अघिदेखि सुनौला हजारदिन लगायत अन्य पोषण कार्यक्रमहरु अघि सारेको प्रधानमन्त्री ओलीले जानकारी दिए । उनले भने– ‘जन्मनै नपाई मर्ने खालका स्थिति एवं बालमृत्युदर हुन नदिन दुर्गम ठाउँबाट पनि हेलिकोप्टरको प्रयोग गरेर प्रजनन गराउने कार्यक्रम अघि सारिएको हो ।’
प्रकाशित मिति: बिहीबार, पुस १७, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
६
