जनस्वास्थ्य सरोकार, रामेछाप । सातौँ पोल्टी दिवसको अबसरमा रामेछाप अण्डा उत्पादक संघले सदरमुकाम मन्थलीमा रहेका निजि तथा सरकारी अस्पतालमा वेड भर्ना भएका विरामीहरुलाई अण्डा प्रदान गरेको छ । संघले आज सदरमुकाम मन्थलीमा रहेका ५ ओटा अस्पतालहरुका ४ जना सुत्केरी महिला सहित १५ जना वेड भर्ना भएका बिरामीहरुलाई प्रति ब्यक्ति ३० वटाको दरले अण्डा वितरण गरिएको रामेछाप अण्डा उत्पादक संघका सचिव सुनिल रायले जानकारी दिनुभएको छ । उहाँका अनुसार प्राथमिक स्वास्थ केन्द्र , साहारा सामुदायिक अस्पताल,रामेछाप सामुदायिक अस्पताल, दिल श्री मेडिकल र तामाकोशी सहकारी अस्पतालमा भर्ना भएका बिरामीहरुलाई अण्डा वितरण गरिएको हो । “ एक दिन होइन हरेक दिन अण्डा र मासु भान्साको सान सवोत्तम प्रोट्रिन,स्वस्थ्य जीवन ” भन्ने मुल नाराका साथ रामेछाप मन्थलीमा सातौँ राष्ट्रिय पोल्टी दिवस मनाइएको हो ।
प्रकाशित मिति: बिहीबार, पुस १७, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
६
