जनस्वास्थ्य सरोकार, काठमाडौं । ओम हस्पिटल एण्ड रिसर्च सेन्टरले अंग्रेजी नयाँ वर्ष (सन् २०२०)को अवसर पारेर सहुलियतमा शल्यक्रिया अर्थात् ‘सर्जरी’ गर्ने प्याकेज घोषणा गरेको छ । हस्पिटलले बिहीवार पत्रकार सम्मेलन नै गरेर सहुलियतको विशेष प्याकेज घोषणा गरेको हो । प्याकेज अफरमा दुई किसिमको सर्जरी सेवा दिने बताइएको छ । पुस १९ देखि २९ गतेसम्म ११ दिन ईन्टरमीडीएट सर्जरी र मेजर सर्जरी गरी दुई प्रकारको सेवा दिइने अस्पतालका प्रबन्ध सञ्चालक बाबुकाजी कार्कीले जानकारी दिए ।
संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत अभूतपूर्व सहुलियतमा यो प्याकेज अघि सारिएको कार्कीको भनाई छ । पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार ६०–६५ हजार लाग्ने सर्जरी ३६ हजारमै गरिने भएको छ । त्यो पनि अत्याधुनिक प्रविधिको प्रयोग गरेर गुणस्तरीय उपचार । नियमित सेवा अन्तर्गत ६० हजारमा गरिरहेको ईन्टरमीडीएट सर्जरी ३२ हजारमा र ६५ हजार भन्दा बढी खर्च लाग्ने मेजर सर्जरी ३६ हजारमा गरिने अस्पताल प्रशासनले जनाएको छ । सामान्य अवस्थामा डाक्टरकै ओटी मात्र ४० हजार लाग्ने गरेको छ ।
प्याकेजमा ल्यास्परोस्कोपिक विधिबाट पित्त थैलीको पथ्थरी, एपेन्डिक्स लगायत स्त्रीरोग सम्बन्धि पाठेघरको सर्जरी समेटिएको अस्पतालका कन्सल्टेन्ट सर्जन डा.कमल कोइरालाले बताए । यस्तै, हर्निया, हाइड्रोसिल, फिस्टुलाको सर्जरी पनि प्याकेजमा समेटिएको छ ।
सर्जरी चार्ज, बेड चार्ज, ल्याव टेस्ट र चिकित्सकको कन्सल्टेशन चार्जसमेत त्यही ३२ र ३६ हजारभित्र समेटिएको र बिरामीलाई प्राथमिकताका आधारमा उपलब्ध भएसम्म स्पेशल क्याविन बेड दिइने प्रबन्ध सञ्चालक कार्कीले जानकारी दिए ।
प्रकाशित मिति: शुक्रबार, पुस १८, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
भारतका १६ राज्यमा फेरि कोरोना फैलिन थाल्यो, सक्रिय संक्रमित हजार नाघे
सोमबार, जेठ १२, २०८२
संघीय अस्पतालहरूको सेवा र शुल्कमा समानता ल्याउन स्वास्थ्य मन्त्रालयको नयाँ विधेयक तयारी
आइतबार, वैशाख २१, २०८२
गर्मी मौसममा खाना तताउँदा लापरवाही नगर्न विज्ञहरूको चेतावनी
बिहीबार, वैशाख १८, २०८२
भेरी अस्पतालमा मिर्गौला प्रत्यारोपण सेवा शुरू, दुई बिरामीको सफल प्रत्यारोपण
मंगलबार, वैशाख ९, २०८२
सिराहा अस्पतालमा सेवाग्राही हैरान, स्थानीयले १९ बुँदे मागपत्र बुझाए
मंगलबार, वैशाख ९, २०८२ट्रेन्डिङ
