जनस्वास्थ्य सरोकार, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको शुक्रबार १२औँपटकको डायलाइसिस शुक्रबार गरिएको छ । त्रिवि शिक्षण अस्पताल महाराजगन्जको कलेजो प्रत्यारोपण युनिटमा प्रधानमन्त्री ओलीको नियमित डायलाइसिस भएको हो । प्रधानमन्त्री ओली १४ कात्तिकदेखि नियमित डायलाइसिसमा छन् । तर, उनको मिर्गौला प्रत्यारोपणको टुंगो भने अझै लागेको छैन । ०६४ सालमा भारतको अपोलो अस्पतालमा उनको पहिलोपटक मिर्गौला प्रत्यारोपण गरिएको थियो । गत कात्तिकदेखि मिर्गौलाको कार्यक्षमतामा ह्रास आएपछि सातामा कम्तीमा एक–पटक डायलाइसिस चलिरहेको हो ।
प्रधानमन्त्री ओली गत १८ साउनमा स्वास्थ्य परीक्षणका लागि सिंगापुर गएका थिए । २७ साउन स्वदेश फर्किएका उनले ५ भदौमा फेरि सिंगापुर पुगेर प्लाज्माफेरेसिस प्रक्रियामार्फत उपचार गराएका थिए । प्लाज्माफेरेसिसले काम नगरेपछि ओलीको मिर्गौला नियमित डायलाइसिस गर्नुपर्ने वा प्रत्यारोपणमा जानुपर्ने दुई विकल्पमा पुगेको हो ।
प्रधानमन्त्रीले निकाल्न सकेनन् समय
दोस्रो प्रत्यारोपणको तयारीमा रहेका ओलीले समय निकाल्न नसक्दा चिकित्सकहरूले प्रत्यारोपणबारे निर्णय लिन नसकेको निजी चिकित्सक डा. दिव्यासिंह साहले बताइन् । दोस्रो प्रत्यारोपणका लागि मिर्गौला दिन प्रधानमन्त्रीका दुईजना आफन्त तयारी अवस्थामा छन् । उनीहरू चिकित्सकको नियमित निगरानीमा छन् ।
मिर्गौला प्रत्यारोपण कहाँ गर्ने भन्ने टुंगो पनि लाग्न सकेको छैन । केही चिकित्सकले स्वदेशमै प्रत्यारोपण गर्नु राम्रो हुने बताउँदै आएका छन् । तर, प्रधानमन्त्रीनिकट चिकित्सकहरू भने विश्वका सबैभन्दा राम्रो र सुविधा सम्पन्न अस्पतालमा लगेर दोस्रो प्रत्यारोपण गर्नुपर्ने पक्षमा छन् । ओलीको शल्यक्रियामा सहभागी एक चिकित्सकका अनुसार प्रधानमन्त्रीका निजी चिकित्सकले स्वदेशमा प्रधानमन्त्रीको शल्यक्रिया गर्न सम्भाव भए–नभएको पनि सोधेका छन् । डा. सिंहले भनिन्, ‘प्रधानमन्त्रीसँग सबै बसेर मात्रै यो विषयमा टुंगोमा पुगिनेछ । अहिले कुनै निर्णय भएको छैन ।
प्रकाशित मिति: शनिबार, पुस १९, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सकमाथि आक्रमणपछि नारायणी अस्पतालका पाँच जना स्वास्थ्यकर्मी निलम्बनमा
आइतबार, साउन १०, २०८३
एक वर्षमा ८९३ जनामा स्क्रब टाइफस
शुक्रबार, साउन ८, २०८३
आईभीएफ सेवा व्यवस्थित बनाउन कार्यविधि र छुट्टै ऐनको तयारी
शुक्रबार, साउन ८, २०८३
वीर अस्पतालमा ११ जना गुनासो सुन्ने अधिकारी
शुक्रबार, साउन ८, २०८३ट्रेन्डिङ

