मोतियाबिन्दुको बिरामीलाई पुस २८ गते रामपुर नगरपालिकाको कालीगण्डकी आँखा तथा कान उपचार केन्द्रमा निःशुल्क शल्यक्रियाका लागि पठाएको छ । शिविरमा आँखा कमजोर भएका ११५ जना बिरामीलाई चस्मा वितरण तथा अन्य बिरामीलाई समस्याअनुसारका औषधि निःशुल्क प्रदान गरियो । शिविरमा कालीगण्डकी आँखा तथा कान उपचार केन्द्रका नेत्र सहायक अजयकुमार पालले आँखा जाँच तथा उपचार सेवा दिएका हुन् ।
रम्भा गाउँपालिको आयोजना र कालीगण्डकी आँखा तथा कान उपचार केन्द्र रामपुरको प्राविधिक सहयोगमा शिविर सञ्चालन भएको हो । नेपाल नेत्र ज्योति सङ्घ, लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान तथा रिसर्च सेन्टर, पाल्पा लायन्स लाकौला आँखा अस्पतालद्वारा सञ्चालित कालीगण्डकी आँखा तथा कान उपचार केन्द्रले संस्था स्थापना भएपछिको पहिलोपटक निःशुल्क सेवा दिएको हो ।
केन्द्रले बेलाबेलामा कालीगण्डकी बेसीका विभिन्न ठाउँमा पुगेर स्थानीय तह, सामाजिक सङ्घसंस्थाको समन्वयमा आँखा उपचारका लागि घुम्ती शिविरमार्फत प्राविधिक सेवा दिइरहेको छ । गाउँमै आँखाको उपचार सेवा पाउँदा यहाँका नागरिक खुशी छन् । आँखामा सामान्य समस्या परेमा रामपुर नगरपालिका तथा अन्य स्थानमा जान बाध्य नागरिकलाई घरदैलोमै सेवा पाउँदा उपचारमा ठूलो राहत मिलेको छ । रासस
प्रकाशित मिति: आइतबार, पुस २०, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
६

