जनस्वास्थ्य सरोकार, काठमाडौँ । ललितपुर हरिसिद्धिस्थित नेपाल क्यान्सर हस्पिटलले जनवरी महिनालाई पाठेघर मुखको क्यान्सर सचेतना महिनाको रुपमा मनाइरहेको छ । सचेतना महिनाको अवसरमा अस्पतालले पुस १८, २५ र माघ ३, १० गते नि:शुल्क ओपिडि सेवा दिने भएको छ । साथै पाठेघर मुखको क्यान्सर स्क्रिनिङ अन्तर्गत प्याप स्मेयर र ह्रयुमन प्यापिलोमा भाइरस बिरुद्धको खोप (एच पि भि), डि एन ए परिक्षणका लागी ५० प्रतिशत छुटको व्यवस्था गरेको अस्पताल प्रशासनले जानकारी गराएको छ । नियमित जाँच र खोपबाट पाठेघर मुखको क्यान्सरबाट बच्न सकिन्छ ।
ह्रयुमन प्यापिलोमा भाइरस बिरुद्धको खोप कस्का लागी
-९ देखि २६ उमेरका सकै महिलाका लागी
-यौन जिवनमा आबद्ध नभएका किशोरीहरुलाई यो खोप प्रभाबकारी
-९ देखि १४ महिलाले ६ महिनामा बर्षमा दुई पटक मात्र लगाए पुग्छ
-१५ देखि २६ बर्षका महिलामा बर्षमा ६ पटक लगाइन्छ भने ४५ बर्ष सम्मका महिलाहरुले यो खोप लगाउन मिल्छ ।
नियमित परिक्षण
-२१ देखि ३० बर्षका विवाहित महिलाले हरेक तिन बर्षमा प्याप स्मेयर पाठेघरको मुखको श्राव परिक्षण गर्ने
-३० बर्ष माथीका विवाहित महिलाले हरेक ५ बर्षमा एच पि भि, डि एन ए परिक्षण र प्याप स्मेयर र एच पि भि, डि एन ए परिक्षण गर्ने वा ३० बर्ष माथीका विवाहित महिलाले हरेक ३ बर्षमा प्याय स्मेयर परिक्षण गर्ने ।
’
प्रकाशित मिति: सोमबार, पुस २१, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सकमाथि आक्रमणपछि नारायणी अस्पतालका पाँच जना स्वास्थ्यकर्मी निलम्बनमा
आइतबार, साउन १०, २०८३
एक वर्षमा ८९३ जनामा स्क्रब टाइफस
शुक्रबार, साउन ८, २०८३
आईभीएफ सेवा व्यवस्थित बनाउन कार्यविधि र छुट्टै ऐनको तयारी
शुक्रबार, साउन ८, २०८३
वीर अस्पतालमा ११ जना गुनासो सुन्ने अधिकारी
शुक्रबार, साउन ८, २०८३ट्रेन्डिङ

