जनस्वास्थ्य सरोकार, दाङ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा बालबालिका र मानसिक रोगको उपचार सेवा शुरुआत भएको छ । ती सेवाका लागि विशेषज्ञ चिकित्सक प्रतिष्ठानमा आएपछि सेवा शुरु गरिएको शाखा अधिकृत झंकार लामिछानेले जानकारी दिए ।
बरिष्ठ बालरोग विशेषज्ञ डा नेत्रप्रसाद वञ्जाडेले यहाँ सेवादिन थालेका छन् । प्रतिष्ठानले कन्सल्टेन्ट फिजिसियन र बालरोग विशेषज्ञ थप्ने तयारी गरेको छ ।
अधिकृत लामिछानेले अहिले पाँच जना विशेषज्ञ चिकित्सक थप गरेको जानकारी दिए । मानसिक रोग उपचार सेवासमेत प्रतिष्ठानले शुरु गरेको छ । सघन उपचार कक्ष र थप विशेषज्ञ सेवा थप्ने गरी प्रक्रिया अघि बढाएको रजिष्ट्रार रामप्रसाद प्याकुरेलले बताए । विगतको तुलनामा यहाँ बिरामीको सङ्ख्या बढेको छ ।
प्रतिष्ठानले पछिल्लो समय दाँत उपचार सेवाका लागि आधुनिक प्रयोगशालासमेत सञ्चालनमा ल्याएको थियो । अब जटिल प्रकारको शल्यक्रिया गर्न समेत जिल्ला बाहिर जानुपर्ने अवस्थाको अन्त्य भएको छ ।
प्याथोलोजि सेवा, दिसापिसाब र रगत परीक्षण पनि प्रतिष्ठानमै परीक्षण हुने गरेका र प्रसूति सेवामा थप एक जना विशेषज्ञ थप भएको डा प्याकुरेलले बताए । प्रतिष्ठानमा रु दुई करोड बजेटसमेत विनियोजन भएको छ । रासस

प्रकाशित मिति: सोमबार, पुस २१, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सकमाथि आक्रमणपछि नारायणी अस्पतालका पाँच जना स्वास्थ्यकर्मी निलम्बनमा
आइतबार, साउन १०, २०८३
एक वर्षमा ८९३ जनामा स्क्रब टाइफस
शुक्रबार, साउन ८, २०८३
आईभीएफ सेवा व्यवस्थित बनाउन कार्यविधि र छुट्टै ऐनको तयारी
शुक्रबार, साउन ८, २०८३
वीर अस्पतालमा ११ जना गुनासो सुन्ने अधिकारी
शुक्रबार, साउन ८, २०८३ट्रेन्डिङ