जनस्वास्थ्य सरोकार, बैतडी । सुत्केरी व्यथा लागेर हिउँमाथि अलपत्र परेरकी महिलालाई प्रहरीले उद्धार गरेर सुत्केरी भएको दोस्रो दिन आफन्त भेटिएका छन् ।
हिउँमाथि सुत्केरी व्यथाले छट्पटाउँदै गरेकी महिलालाई अलपत्र छाडेर श्रीमान सम्पर्क विहीन भएपछि सुत्केरीको बैतडी प्रहरीले उद्धार गरेको थियो ।
शनिबार सुतकेरी व्यथा लागेर हिउँमाथि छट्पटाउँदै अलपत्र परेकी कुमारी बिष्टलाई बैतडी प्रहरीले उद्धार गरेर प्रसूति केन्द्र पुर्याएपछि बिष्टले आईतबार छोरो जन्माउनु भएको थियो ।
छोरो जन्मेको दोश्रो दिन सुत्केरी कुमारी बिष्टका कान्छा ससुरा रणबहादुर विष्ट र सुत्केरी कुमारी बिष्टका सौता पट्टीका छोरा २४ वर्षिय कर्णबहादुर विष्ट सम्पर्कमा आएको प्रहरील जानकारी दिएको छ ।
बैतडीको पुरचौडी नगरपालिका–१०, डाँडागाउँका अम्मर बिष्टले सुत्केरी श्रीमति कुमारी विष्टलाई अलपत्र छोडेर सम्पर्कबिहीन भएका थिए । सम्पर्क विहीन भएका श्रीमान घर गएको परिवार स्रोतले जानकारी दिएको छ । खर्च नहुँदा सुत्केरीलाई छोडेर गाउँमा पैंसा खोज्न आएको अम्मर बिष्टका जेठी पट्टीका २४ वर्षिय छोरा कर्णबहादुर विष्टले बताउनुभयो ।
बिष्टले भन्नुभयो, ‘आमा बितेपछि बुबाले दोश्रो विवाह गर्नुभएको हो । दोश्रो विवाह गरेर पहिलोपटक कान्छी आमा कुमारी बिष्ट गर्भवति हुनुभयो । व्यथा लागेपछि १९ गते बैतडी अस्पताल आउनु भएको हो । अस्पतालले रेफर गरेपछि खर्च थिएन । त्यसैले खर्च खोज्न बुवा गाउँ आउनु भएको हो ।’
श्रीमानले अलपत्र पारेर हिँडेपछि सुत्केरी कुमारी बिष्टलाई बैतडी प्रहरीले शनिबार दोगडाकेदार गाउँपालिकाको सिल्लेगडा बजारमा रोईरहेको अवस्थामा फेला पारेको थियो ।
सुत्केरी श्रीमतिलाई छोडेर हिँड्ने श्रीमान अम्मर बिष्टको खोजी कार्य भईरहेको बेला परिवारका आफन्त सम्पर्कमा आएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रनाउ डिल्लीनारायण पाण्डेयले बताउनुभयो ।
प्रनाउ पाण्डेयले भन्नुभयो, ‘सुत्केरीका आफन्त भेटिएपछि सोमबार सुत्केरी कुमारी बिष्टलाई आफन्तले घर लगेर गएका छन् । स्वास्थ्यकर्मीले आमा र बच्चाको स्वास्थ्य अवस्था सामान्य रहेको बताएपछि परिवारले सुत्केरीलाई घर लगेर गएका छन् ।
हिमपात र वर्षा भईरहेको बेला शनिबार बेलुकी सुत्केरी महिला छट्पटाउँदै रोईरहेको सूचना पाएपछि स्थानीय खोचलेक प्रहरी चौकीका ईन्चार्ज शंकरदत्त भट्टको कमाण्डमा चार जना प्रहरी खटाएर सुत्केरीको उद्धार गरिएको थियो ।
सुत्केरीपछि कुमारी बिष्टलाई प्रहरी र स्थानीय बजारवासीले न्यानो लुगा उपलब्ध गराएका छन् । सुत्केरी महिला र बच्चाको अवस्था सामान्य रहेको स्वास्थ्यकर्मीले बताएका छन् ।
प्रहरीलाई धन्यवाद दिदैं सुत्केरी हुनुभएकी कुमारी विष्ट (कान्छी आमालाई) गाडीमा बसालेर घर लगेको जेठी पट्टीका छोरा कर्णबहादुरले बताउनभएको छ ।
प्रकाशित मिति: सोमबार, पुस २१, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
६
