जनस्वास्थ्य सरोकार काठमाडौँ । कान्ति बाल अस्पतालले चालु आर्थिक वर्षको पुस महिनासम्म ७० हजार बालबालिकालाई ओपीडि सेवा दिएको जनाएको छ । अस्पतालको ५८ औं वार्षिकोत्सव कार्यक्रममा दिइएको जानकारी अनुसार ओपीडि तर्फ ७० हजार र आकस्मिकतर्फ २७ हजार बालकालिकालाई सेवा दिइएको छ । अस्पतालका निर्देशक डाक्टर आर.पी. बिच्छाले गत आर्थिक वर्षमा ओपीडि तर्फ १ लाख ५५ हजार र आकस्मिकतर्फ ५५ हजार बालबालिकालाई सेवा दिइएको बताउनुभयो । हरेक वर्ष १० देखि १२ प्रतिशत सेवाग्राही बढेको उल्लेख गर्दै बिच्छाले गतवर्ष २ हजार बालबालिकाको शल्यक्रिया गरिएको र १० हजारले अन्तरंग सेवा लिएको बताउनुभयो ।
कान्तिमा आइसियु बेडको अभावका कारण देशका विभिन्न ठाउँबाट आउने विरामीलाई अन्य पठाउनुपर्ने अवस्था अझै पनि रहेको उहाँले बताउनुभयो । विज्ञहरुको सल्लाह अनुसार २ महिना पहिले १० बेडको इन्टरमिडियट केयर युनिट स्थापना गरिएपछि करिब ७० प्रतिशत बालकालिकालाई नीजि अस्पतालमा रिफर गर्नुपर्ने बाध्यता हटेको उहाँले बताउनुभयो । अझैपनि एकदिनमा ४/५ जना बिरामीहरुलाई अन्य अस्पतालमा रिफर गर्नुपर्ने बाध्यता कान्तिमा रहेको छ ।
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)का उपकुलपति प्रोेफेसर डा. डिएन शाहले बालरोगको क्षेत्रमा नेपालले गरेको केही विश्वस्तरिय अनुसन्धान गर्व गर्न लायक भएको बताउनुभएको छ ।
कान्ति बाल अस्पतालले अहिले २४ घण्टे सिटिस्क्यान सेवा सुरु गरेको छ, भने २ सिफ्टमा अल्ट्रासाउण्ड सेवा प्रदान गरिरहेको छ । अबको १ वर्षभित्र करिब ५० जना बस्न मिल्ने कुरुवा घरको स्थापना गर्ने योजना अस्पतालले बनाएको छ । त्यसका लागि डिपिआएर तयार भएर नक्सा समेत पास भइसकेको छ ।
प्रकाशित मिति: मंगलबार, पुस २२, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
भारतका १६ राज्यमा फेरि कोरोना फैलिन थाल्यो, सक्रिय संक्रमित हजार नाघे
सोमबार, जेठ १२, २०८२
संघीय अस्पतालहरूको सेवा र शुल्कमा समानता ल्याउन स्वास्थ्य मन्त्रालयको नयाँ विधेयक तयारी
आइतबार, वैशाख २१, २०८२
गर्मी मौसममा खाना तताउँदा लापरवाही नगर्न विज्ञहरूको चेतावनी
बिहीबार, वैशाख १८, २०८२
भेरी अस्पतालमा मिर्गौला प्रत्यारोपण सेवा शुरू, दुई बिरामीको सफल प्रत्यारोपण
मंगलबार, वैशाख ९, २०८२
सिराहा अस्पतालमा सेवाग्राही हैरान, स्थानीयले १९ बुँदे मागपत्र बुझाए
मंगलबार, वैशाख ९, २०८२ट्रेन्डिङ
