नेभिगेशन

बन्दीपुर अस्पतालमा शल्यक्रिया सेवा शुरु

जनस्वास्थ्य सरोकार, तनहुँ ।  बन्दीपुर गाउँपालिकास्थित बन्दीपुर अस्पतालमा शल्यक्रिया सेवा शुरु भएको छ। नेपाल सरकारको सहकार्यमा निक साइमन्स इन्स्टिच्युटले उपकरण उपलब्ध गराएको हो। शल्यक्रिया सेवाशुभारम्भ गर्दै गाउँपालिकाका अध्यक्ष एवं अस्पताल कार्य सञ्चालन समितिका अध्यक्ष पूर्णसिं थापाले असहाय विपन्न नागरिकलाई अस्पतालले सहुलियत सेवा प्रवाह गर्ने बताए। अस्पतालको सुदृढीकरणका लागि गाउँपालिका तयार रहेको उनको भनाइ छ। अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. धनबहादुर क्षेत्रीले शल्यक्रियाका लागि दमौली, पोखरा वा अन्यत्र जानुपर्ने बाध्यता रहेकोमा अब आफ्नै ठाउँमा सेवा प्राप्त गर्न सकिने बताए। शल्यक्रिया सेवा शुरु भएको अवसरमा बन्दीपुर गाउँपालिका र अस्पतालको संयुक्त आयोजनामा सोमबारदेखि हाइड्रोसिलको निःशुल्क शल्यक्रिया र हर्नियाको परीक्षण शिविर शुरु भएको छ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट