जनस्वास्थ्य सरोकार, धनगढी । हिमपातसँगै बढेको चिसोले सताएपछि स्थानीवासी बिरामी पर्न थालेका छन् । डोटीका सरकारी तथा निजी अस्पतालमा अहिले बिरामीको चाप बढेको छ । जिल्ला अस्पताल डोटीमा मात्रै चिसोका कारण रुघाखोकी, निमोनियालगायतका ज्वरोका ४० बिरामी भर्ना भएको जिल्ला अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डा. ज्योति पाण्डेले बताए । उनले भने, ‘चिसोले बालबालिका र ज्येष्ठ नागरिकमा बढी समस्या देखिएको छ, बिरामीको चाप बढेको छ ।’ जिल्लाको दिपायल सिलगढी नगरपालिका–४ पिपल्लामा रहेको शैलेश्वरी अस्पतालमा दैनिक ३० देखि ४० बिरामी उपचारका लागि आउने गरेका छन् । चिसोका कारण बिरामीको चाप बढेपछि उपचारमा समस्या भइरहेको अस्पतालका निर्देशक तथा चिकित्सक आइजंग कुँवरले बताए । उनले भने, ‘अस्पतालमा चिसोका कारण बिरामीको संख्या बढेको छ, उपचारमा समस्या भइरहेको छ ।’ यस्तै यहाँका ग्रामीण क्षेत्रमा भएका स्वास्थ्य चौकीमा समेत बिरामीको चाप बढेको जोरायल गाउँपालिका स्वास्थ्य एकाई प्रमुख गोविन्द विष्टले बताए । उनका अनुसार अहिले यहाँका स्वास्थ्य चौकीमा दैनिक १० देखि २० जनासम्म उपचारका लागि बिरामी आउने गरेका छन्। स्वास्थ्य चौकीमा निमोनिया, रुघाखोकीका बिरामीले भरिएको केआइसिंह गाउँपालिका–५ रानागाउँ स्वास्थ्यचौकीका अहेव रमेश जोशीले बताए । ‘चिसोका कारण बिरामी थपिने क्रम बढेको छ,’ उनले भने । जिल्ला आयुर्वेद अस्पताल दिपायलमा चिसो बढेसँगै बाथरोगका बिरामीको संख्या बढ्न थालेको छ । अहिले दैनिक ४० देखि ५० जनाको संख्यामा बाथरोगी उपचारका लागि आउने गरेको अस्पतालका वैद्य खड्क बमले बताए । चिसो मौसम भएकाले तातो झोलिलो खानेकुरा खान चिकित्सकले सल्लाह दिएका छन् ।
प्रकाशित मिति: बुधबार, पुस २३, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
६
