जनस्वास्थ्य सरोकार, काठमाडौं । २० करोड घुस मागेको आरोप लागेका चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्रा.डा श्रीकृष्ण गिरीमाथि छानविन गर्न चिकित्सा शिक्षा संघर्ष समितिले माग गरेको छ । चिकीत्सा शिक्षा संघर्ष समितीले मेडीकल कलेजहरुले यसै वर्षदेखि ७५ प्रतिशत छात्रबृत्ति कार्यान्वयनमा ल्याउन माग गरेको छ । संघर्ष समितीले एक विज्ञप्ती जारी गर्दै काठमाडौं विश्वविद्यालय, नेपाली सेना स्वास्थ्य विज्ञान प्रतिष्ठान, विराट मेडिकल कलेज, देवदह मेडिकल कलेजमा छात्रबृत्ति कार्यान्वयन गराउन माग गरेको हो । यस्तै, एमविवीएस, बिडीएस लगायतको भर्ना प्रकृया यथासिघ्र अगाडी बढाउन समितीले आग्रह गरेको छ । एमबिबीएस, विडिएसको इन्टर्न सिपपछि अनिवार्य रुपमा एक वर्ष काम गरेपछि मात्रै पोष्ट ग्राजुएट गर्न पाउने प्रावधान हटाउन माग गरीएको समितीका प्रवक्ता सुजन कडरीयाले बताए । यस्तै, समितीले एमबिबीएस, विडीएस, नर्सीङ लगायतमा लिइएको अतिरीक्त शुल्क फिर्ता गर्न मेडिकल कलेज सञ्चालकहरुलाई माग गरेको छ । ७२ घण्टाभित्र माग सम्बोधन नगरीए संघर्षका कार्यक्रमहरु सार्वजनिक गरीने चिकीत्सा शिक्षा संघर्ष समितीले चेतावनी दिएको छ ।
प्रकाशित मिति: बिहीबार, पुस २४, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
६
