जनस्वास्थ्य सरोकार, काठमाडौँ । चीनको वुहान प्रान्तमा अहिले निमोनियाको बिरामी बढेका छन् । वुहानमा निमोनियाबाट दर्जनौँ मानिसहरु संक्रमित भएका छन् । निमोनिया बिरामीहरुमा कोरोनोभाइरस नाम गरेको नयाँ प्रकारको भाइरसले संक्रमण देखाएको छ ।
कोरोनोभाइरसबाट १५ देखि ५७ बिरामीहरु चपेटमा परेको जनाइएको छ । यस भाइरसलाई इलेक्ट्रोन टेलिस्कोपको माध्यमबाट विज्ञहरुले पत्ता लगाएका हुन् । कोरोनोभाइरस ठूलो परिवारको भाइरस हो । यसले सामान्य चिसो देखि तीव्र श्वास सिन्ड्रोमसम्मको घातक रोगलाई निम्त्याउने कुरा विश्व स्वास्थ संगठनले जनाएको छ ।
भाइरसले सामान्य ज्वोरो देखि किड्नीसम्म हानी पुर्याएर ज्यानसमेत जाने गर्दछ । एसियाको करिब ३७ देशहरुमा यसको संक्रमण रहेको तथ्यांक छ ।
तीव्र श्वास सिन्ड्रोमबाट एसियामा करिब आँठ हजार मानिस प्रभावित भएका छन् । जसमध्ये ७७४ जनाको मूत्यु भएको जनाइएको छ । चीनमा देखिएको सो संक्रमणले श्वासमा समस्या देखिएको जनाइएको छ । चीनमा यस संक्रमणबाट कसैको मूत्यु नभएको समेत जनाइएको छ । त्यस संक्रमणले मानिस तथा जनावरसमेतलाई प्रभावित गर्ने क्षमता राखेको छ । एजेन्सी
प्रकाशित मिति: शुक्रबार, पुस २५, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
६
