
जनस्वास्थ्य सरोकार, बेनी । म्याग्दीमा स्क्रब टाइफस रोगका बिरामी भेटिएका छन् । बेनी अस्पतालमा उपचारका लागि आएकी ६६ वर्षीया महिलामा स्क्रब टाइफसको संक्रमण भेटिएको हो। उनी बेनी नगरपालिका ९ घतानकी हुन् । जिल्लामै पहिलो पटक स्बक्र टाइफसका बिरामी भेटिएको अस्पतालका चिकित्सक सुदिप अधिकारीले बताए ।
'लामो समयसम्म ज्वरो निको नभएपछि उपचारका लागि अस्पताल आएकी ती महिलामा स्क्रब टाइफसको संक्रमण भेटियो, उनले भने, 'उपचार भइरहेको छ।' अरुमा पनि स्क्रब टाइफसको संक्रमण फैलिन सक्ने भएकाले सतर्कता अपनाइएको छ ।
स्क्रब टाइफसका बिरामीमा आँखा रातो हुने, झाडापखला लाग्ने, टाउको दुख्ने, पसिना धेरै आउने, किराले टोकेको ठाउँमा रातो डाबर जस्तो देखिने गर्छ। मुसाबाट सर्ने भएकाले घरभित्र र वरपरको वातावरण सफा राख्ने, वनपाखा जाँदा शरीर ढाक्ने कपडा लगाउने, मुसा नियन्त्रणको लागि उपयुक्त विधि अपनाउने, मुसाको बासस्थान भत्काउनुपर्ने अस्पतालका प्रमुख मनोज घिमिरेले बताए ।
प्रकाशित मिति: शुक्रबार, पुस २५, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
६
