पुरुषोत्तम घिमिरे, जनस्वास्थ्य सरोकार, सानो ठिमी भक्तपुर । चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्रा.डा.श्रीकृष्ण गिरीको राजिनामाको माग गर्दै स्वतन्त्र युवा संगठनले सानो ठिमीस्थित आयोगको कार्यालय अगाडि प्रदर्शन गरेको छ । झापाको विर्तामोडस्थित प्रस्तावित विएण्डसी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईंसँग २० करोड घुस मागेको आरोप लागेका आयोगका उपाध्यक्ष गिरीलाई कडा कारबाहीको माग गर्दै उनीहरुले प्रदर्शन गरेका हुन् ।
सयौंको संख्यामा भेला भएका संगठनका कार्यकर्ताले भ्रष्टाचारी गिरीको राजिनामा दिनुपर्नेलगायतका पम्पलेट पर्चासहित चर्का नाराबाजी गरेका थिए ।
करोडौं घुस माग्ने उपाध्यक्ष गिरीलाई पदमा बस्ने नैतिकता नभएको भन्दै उहाँलाई सरकारले बर्खास्त गरी कारबाही गर्न संगठनले माग गरेको छ । यसअघि शनिबार संगठनले काठमाडौंको बसुन्धरास्थित गिरीको निवास वरिपरी पर्चा टाँस्दै उनलाई सामाजिक बहिष्कार गर्न आह्वान गरेको थियो ।
कलेजको सम्बन्धनका लागि गिरीले २० करोड रुपैयाँ मागेको भन्दै कलेज संचालक प्रसाईंले केही दिन अघि पत्रकार सम्मेलन गर्नुभएको थियो । त्यसैगरी स्वास्थ्य शिक्षा अभियन्ता विजय थापाले पनि राष्ट्रिय चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष गिरीलाई तत्काल बर्खास्त गर्न माग गर्दै सरकारलाई २१ दिने अल्टिमेट दिइसकेका छन् ।
माघ १६ गतेसम्म गिरीमाथि छानबिन गरी कडा कारबाही नगरिए माघ २२ गतेबाट आयोग मुख्यालयको गेटमै आमरण अनशन बस्ने थापाले चेतावनी दिएका छन् ।
प्रकाशित मिति: आइतबार, पुस २७, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
६
