जनस्वास्थ्य सरोकार, काठमाडौँ । संसद् सचिवालयकी एक महिला कर्मचारीलाई बलात्कार प्रयास गरेको अभियोग लागेका प्रतिनिधि सभाका पूर्वसभामुख कृष्णबहादुर महराविरुद्धको मुद्दामा काठमाण्डू जिल्ला अदालतले पीडित महिलाको स्वास्थ्य परीक्षण गर्ने चिकित्सकहरूलाई बयानका लागि झिकाउन आदेश दिएको छ। आइतवार भएको सुनुवाइपछि न्यायाधीश अम्बरराज पौडेलको इजलासले चिकित्सकहरूलाई झिकाउन आदेश दिएको अदालतका श्रेस्तेदार आनन्दप्रसाद श्रेष्ठले बीबीसी न्यूज नेपालीलाई बताए। श्रेष्ठका अनुसार अदालतले प्रयोगशाला परीक्षणमा संलग्न चिकित्सकहरूलाई पनि झिकाउन आदेश दिएको छ। त्यस्तै अदालतले घटना विवरणमा कागज गर्ने मानिसहरूलाई पनि बकपत्रका लागि झिकाउन आदेश दिएको श्रेस्तेदार श्रेष्ठले बताए।
अस्वीकार
पूर्वसभामुख तथा सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीका नेता महरा पुर्पक्षका लागि हाल थुनामा छन्। महरामाथि जबरजस्ती करणीको उद्योगको अभियोग लगाइएको छ। उनले बलात्कार प्रयास गरेको आरोप अस्वीकार गर्दै आएका छन्। यौन दुर्व्यवहारको आरोप लागेपछि गत असोज १४ गते महराले सभामुख पदबाट राजीनामा दिएका थिए। त्यसको ठ्याक्कै एक महिनापछि महराविरुद्ध बिहीवार जिल्ला अदालत काठमाण्डूमा जबरजस्ती करणी उद्योग गरेको अभियोगमा मुद्दा दर्ता गरिएको थियो। तत्कालीन नेकपा माओवादीबाट दाङ क्षेत्र नं २ बाट संसदीय निर्वाचन जितेका ६० वर्षीय महरा तत्कालीन नेकपा एमाले र माओवादीको समर्थनमा सभामुख बनेका थिए। यी दुई पार्टीको एकीकरणपछि नेकपाको गठन भएको थियो।बीबीसी
प्रकाशित मिति: सोमबार, पुस २८, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सकमाथि आक्रमणपछि नारायणी अस्पतालका पाँच जना स्वास्थ्यकर्मी निलम्बनमा
आइतबार, साउन १०, २०८३
एक वर्षमा ८९३ जनामा स्क्रब टाइफस
शुक्रबार, साउन ८, २०८३
आईभीएफ सेवा व्यवस्थित बनाउन कार्यविधि र छुट्टै ऐनको तयारी
शुक्रबार, साउन ८, २०८३
वीर अस्पतालमा ११ जना गुनासो सुन्ने अधिकारी
शुक्रबार, साउन ८, २०८३
२१ वर्षदेखि बोकेको दुर्लभ ट्युमर अन्ततः सफल शल्यक्रियाबाट हटाइयो
बिहीबार, साउन ७, २०८३ट्रेन्डिङ
