जनस्वास्थ्य सरोकार, काठमाडौँ । राष्ट्रिय योग दिवसको अवसरमा साताव्यापी जनचेतनामूलक कार्यक्रम गरिने भएको छ । आइतबार स्वास्थ्य मन्त्रालय अन्तर्गतको आयूर्वेद तथा वैकल्पिक चिकित्सा विभागले पत्रकार सम्मेलन गरी योग दिवसका अवसरमा साताव्यापी कार्यक्रम गर्न लागेको जानकारी दिएको हो । नेपालमा हरेक वर्ष माघ १ गते राष्ट्रिय योग दिवस मानाउने गरिन्छ । यस वर्ष दिवसको नारा ‘राष्ट्रिय एकता, योगको सान्दर्भिकता’ भन्ने रहेको छ । कार्यक्रममा विभागका महानिर्देशक डा बासुदेव उपाध्यायले योगको महत्वकोबारेमा जानकारी दिएका थिए । उनले प्रत्येक नागरिकले आफू स्वस्थ रहन सधैं योग गर्नुपर्ने बताए । उनले स्वस्थ खानपान, अनुशासित जीवनशैलीसँगै योगलाई जीवनको एक हिस्सा बनाउनुपर्नेमा जोड दिए । विभागले मेरो स्वास्थ्य मेरो जिम्मेवारी, नागरिक आरोग्य कार्यक्रम अन्तर्गत टोलमा टोलमा समूह गठन गरी स्वास्थ्यका लागि आफ्नो कर्तव्य अभियान संचालन गर्दै आएको छ । त्यसैगरी पाँच जिल्लामा पाँच विद्यालयमा पाइलट प्रोजेक्टका रुपमा वर्षमा योग शिक्षाका २० वटा कक्षा समेत संचालन गरेको जनाएको छ ।
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
