जनस्वास्थ्य सरोकार, काठमाडौँ । जिल्ला प्रशासन कार्यालय भक्तपुरले बी एन्ड सी मेडिकल कलेज झापाका सञ्चालक दुर्गा प्रसाईंविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । अभद्र व्यवहार गरेको उजुरीपछि प्रसाईंलाई जिल्ला प्रशासन कार्यालयले बिहीबार पक्राउ गर्न प्रहरीलाई निर्देशन दिएको हो। महानगरीय प्रहरी परिसर भक्तपुर प्रमुख सविन प्रधानले भने, -'उहाँ (दुर्गा प्रसाईं) विरुद्धपक्राउ पुर्जी जारी भएको हो। उहाँलाई पक्राउ गर्न हामीलेझापा प्रहरीलाई पनि सम्पर्क गरेका छौं तर त्यहाँ नभेटिएको भन्ने खबर आएको छ। हामी खोज्दैछौं।' प्रसाईंले आफूविरुद्ध अभद्र व्यवहार, गाली बेइज्जती तथा मानहानी गरेको भन्दै महानगरीय प्रहरी परिसर भक्तपुरमा चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरीले उजुरी दिएका थिए। प्रसाईंले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै मेडिकल कलेजको सम्बन्धनका लागि गिरीले आफूसँग २० करोड घूस मागेको दाबी गरेका थिए। प्रसाईंले डा। गिरीविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरीसमेत दिएका थिए। गिरीले प्रसाईंको आरोप खण्डन गर्दै मंगलबार काठमाडौं जिल्ला अदालतमा गाली बेइज्जती तथा मानहानीको मुद्दा दर्ता गरेका थिए।
प्रकाशित मिति: बिहीबार, माघ २, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
६
