जनस्वास्थ्य सरोकार, काठमाडौँ । बेल्जियमका राजा फिलिपकी बहिनी राजकुमारी एस्ट्रिड आइतबार नेपाल आउने भएकी छिन् । परराष्ट्र मन्त्रालयका अनुसार भ्रमणका क्रममा राजकुमारीले राष्ट्रपति विद्यादेवी भण्डारी, उपप्रधानमन्त्री ईश्वर पोखेल, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली तथा स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई भेट्नेछिन् । आफ्नो एक हप्ता लामो भ्रमणका क्रममा अस्त्रिद कैलाली, नवलपरासी र चितवन समेत पुग्ने मन्त्रालयले बताएको छ । कैलालीमा उनले एक नयाँ क्षयरोग उपचार केन्द्रको उद्घाटन गरी कुष्टरोग तथा क्षयरोगका बिरामीलाई भेट्नेछिन् । उनले नवलपरासीको मध्यविन्दु अस्पतालमा पनि यस्ता बिरामीलाई भेट्नेछिन् । यी दुई अस्पतालको निर्माणमा राजकुमारी नै मानार्थ रहेको डेमिन फाउन्डेसन नामको एक गैरसरकारी संस्थाले सहयोग गरेको थियो । राजकुमारी अस्त्रिद बारुदी सुरुङ विरुद्धको अभियानमा पनि सक्रिय छिन् । सरकारले यस भ्रमणले दुई देशबीचको सम्बन्ध अझ बलियो हुने र सहकार्य थप विस्तार हुने आशा राखेको छ । आफ्नो भ्रमण पूरा गरी राजकुमारी माघ ११ गते शनिबार फर्कनेछिन् ।
प्रकाशित मिति: शुक्रबार, माघ ३, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
६
