जनस्वास्थ्य सरोकार, काठमाडौँ । सरकारले स्वास्थ्य सचिव डा पुष्पा चौधरीले पदबाट दिएको राजिनामा स्वीकृत गरेको छ । गत सोमबार बसेको मन्त्रिपरिषद बैठकले राजिनामा स्वीकृत गरेको हो । डा चौधरीले गत १३ कात्तिकमा पदबाट राजिनामा दिएकी थिइन । विश्व स्वास्थ्य संगठन (डव्लुएचओ)को कन्ट्रि अफिस भारतका लागि पी ५ लेभलमा जागिर सुनिश्चित भएपछि उनले राजिनामा दिएकी हुन् । तर सरकारले उनको राजिनामा सहजै स्वीकृत गर्न मानेन् । १७ कात्तिकमा बसेको मन्त्रिपरिषद बैठकले राजिनामा अस्विकृत गर्ने निर्णय गरेपछि डा चौधरीले पुन स्वीकृतका लागि अनुरोध गरेकी थिइन ।त्यसो त डा चौधरीले राजिनामा स्वीकृत नहुँदै ३ नोभेम्बरबाट डव्लुएचओमा हाजिर भईसकेकी थिइन । तर यता राजिनामा स्वीकृत हुन ढिलाई हुँदा तनावमा थिइन ।मन्त्रिपरिषदको निर्णय सुनाउन विहीबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता गोकुल बास्कोटाले राजिनामा स्वीकृत भएको विषय जानकारी नै दिएनन् । तर स्वास्थ्य मन्त्रालयमा भने राजिनामा स्वीकृत भएको जानकारी आईसकेको छ ।
प्रकाशित मिति: शुक्रबार, माघ ३, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
६
