जनस्वास्थ्य सरोकार, समोआ । दक्षिण प्रशान्त क्षेत्रमा अवस्थित एक सानो देश समोआमा दादुराको प्रकोप कम नभएको यहाँका स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् ।
करिब दुई लाखमात्र जनसङ्ख्या रहेको यो सानो मुलुकमा केही दिनअघि देखि दादुराको प्रकोप बढेको र यसबाट ठूलो संख्याका नागरिक प्रभावित भएको बताइएको थियो ।
यस देशमा अहिलेसम्म कम्तीमा पनि पाँच हजार ८०० दादुराका बिरामीले विभिन्न अस्पतालमा उपचार गराएका यहाँका स्वास्थ्य अधिकारीले जानकारी दिएका प्राप्त पछिल्लो समाचारमा जनाइएको हो ।
यस सानो मुलुकमा दादुराको प्रकोप बढ्दै जाँदा यसबाट मृत्यु हुने नागरिकको सङ्ख्या ८२ पुगेको समोआली सरकारी अधिकारीले मङ्गलबार जानकारी दिएका समाचारमा जनाइएको छ ।
समोआली स्वास्थ्य मन्त्रालयका एकजना अधिकारीले मङ्गलबार दिएको जानकारीअनुसार यस प्रकोपबाट अहिलेसम्म ८२ जनाको ज्यान गएको र अझै एक हजार भन्दा बढी उपचारार्थ रहेका छन् ।
दादुराको प्रकोपका कारण मृत्यु भएकाको संख्या अझै बढ्नसक्ने अधिकारीहरुको भनाई छ । सयौँ विरामी निकै गम्भीर अवस्थामा उपचार गराइरहेका बताइएको छ ।
दादुरा नियन्त्रणका लागि सरकारले यहाँका ९० प्रतिशत नागरिकलाई दादुराविरूद्धको खोप लगाइरहेका छन् ।
पछिल्ला केही दिनयता दादुराका कारण मृत्यु हुनेको संख्या बढ्दो रहेको समाचारहरु आएका ती अधिकरीको भनाई छ ।
समोआली सरकारले गत अक्टोबर १६ मा दादुराको प्रकोप देखिएको सार्वजनिक जानकारी गराउदै नागरिकलाई विशेष सावधानी अपनाउन आग्रह गरेको थियो ।
दादुरा हवाका माध्यमबाट सजिलै सर्ने एक प्रकारको सरूवा रोग हो । यसको प्रकोपलाई खतरापूर्ण रुपमा लिइन्छ । रासस /सिन्ह्वा
प्रकाशित मिति: शुक्रबार, माघ ३, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
एक वर्षमा ८९३ जनामा स्क्रब टाइफस
शुक्रबार, साउन ८, २०८३
आईभीएफ सेवा व्यवस्थित बनाउन कार्यविधि र छुट्टै ऐनको तयारी
शुक्रबार, साउन ८, २०८३
वीर अस्पतालमा ११ जना गुनासो सुन्ने अधिकारी
शुक्रबार, साउन ८, २०८३
२१ वर्षदेखि बोकेको दुर्लभ ट्युमर अन्ततः सफल शल्यक्रियाबाट हटाइयो
बिहीबार, साउन ७, २०८३
स्वास्थ्य क्षेत्र सुधारको माग गर्दै डा. गोविन्द केसी फेरि अनशनमा
बिहीबार, साउन ७, २०८३ट्रेन्डिङ
