नेभिगेशन

नेपाल चिकित्सक संघको निर्वाचन : उपत्यकाबाहिर १६ स्थानमा मतदान हुँदै

जनस्वास्थ्य सरोकार, काठमाडौँ ।  नेपाल चिकित्सक संघको नयाँ कार्यसमिति चयनका लागि आज उपत्यका बाहिरका शाखा कार्यालयमा मतदान भइरहेको छ। बिहान ११ बजेदेखि ४ बजेसम्म मतदान हुने निर्वाचन समितिले जनाएको छ।
संघको केन्द्रीय कार्यकार्यकारिणी समितिको ०७६ – ०७९ कार्यकालका लागि निवार्चन भएको हो। संघको निर्वाचन समितिका अनुसार उपत्यकाबाहिरका १६ वटा  शाखा कार्यालयमा मतदान हुँदैछ। संघको १३ सदस्यीय कार्यसमितिका लागि ३० जना चुनावी मैदानमा उत्रेका छन्। चिकित्स‍कहरूको हकहितका लागि सांगठानिक रूपमा आवाज उठाउने हुँदा देशका लगभग सबै चिकित्सक संघमा आबद्ध हुने गर्छन्। राजनीतिक प्रजातान्त्रिक विचारधारामा आस्था समूह बलियो रहे को संघमा यसपालि हुने निर्वाचनमा प्रगतीशिल समूहले पहिलोपटक आफूले संघको नेतृत्व लिने बलियो अभ्यास गरेको छ। नयाँ कार्य समितिको लागि नेपाल चिकित्सक संघ (एनएमए) को निर्वाचनमा लोकतान्त्रिक खेमा र प्रगतिशील खेमाबाट छुट्टाछुट्टै प्यानल बनाएर चुनावी मैदानमा उत्रिएको छ भने कार्यसमितीमा अध्यक्ष पछि बलियो मानिने महासचिव पदमा भने यसपटक बागी उम्मेदारीसमेत परेको छ। नयाँ कार्यसमितिका लागि डा लोचन कार्कीले नेतृत्व गरेको लोकतान्त्रिक समूह र डा पुष्पमणि खरालले नेतृत्व गरेको समावेशी पेशागत  समूह मुख्य प्रतिस्पर्धामा छन्। वरिष्ठ उपाध्यक्षका लागि डा रक्षा श्रेष्ठ र डा शिवप्रसाद श्रेष्ठबीच मतदान हुनेछ। उपाध्यक्षमा डा अनिल कार्की र डा रञ्जितकुमार झा मैदानमा छन्। कार्की लोकतान्त्रिक र झा पेशागत समूहका हुन्। महासचिवमा भने चार जना चिकित्सक प्रतिस्पर्धामा छन्। डा अजय कुमार मिश्र, डा बद्री रिजाल, डा दीपेन्द्र पाण्डे रडा  मधुर बस्नेतले महासचिवका लागि प्रतिस्पर्धामा छन्। मिश्र र पाण्डे स्वतन्त्र उम्मेदवार हुन् भने रिजाल लोकतान्त्रिक र बस्नेत समावेशी पेशागत समूहका हुन्। पहिलो चरणमा आज र भोलि आइतबार उपत्यका बाहिर मतदान हुनेछ। माघ १७ देखि २१ गतेसम्म उपत्यकाभित्र ५ दिन मतदान हुने छ। उपत्यकामा भने संघको कार्यालयमा मतदान केन्द्रमा मतदान हुनेछ। कोषाध्यक्षमा डा प्रकाश बुढाथोकी र सञ्जित कुमार साह मैदानमा छन्। बुढाथोकी लोकतान्त्रिक र साह समावेशी पेशागत समूहका हुन्।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट